श्रावन १९ । बिहे भएको ५ बर्ष पछि बहिनीलाई ससुरा पक्षले हत्या गरेको पीडितले आरोप लगाएका छन । बाराको पचरौता नगरपालिका वडा न ९ कुडवा निवासी पन्नालाल साह कानुले आफ्नो बहिनी बर्ष २१ पुनम कुमारी साहको हत्या गरिएको कलैयामा बुधबार पत्रकार समेलन गरि जानकारी गराएका छन । पचरौता नपा ९ कुडवा घर भएकी बर्ष २१ को पुनम कुमारी साहको रौतहटको बौद्धिमाई नगरपालिका वडा न ७ संघईयापिपरिया निवासी सियाराम साह कानुको छोरा रबिन्द्र साह कानु संग ५ बर्ष अघि धार्मिक परम्परा अनुसार बिहे भएको थियो । बितेको साउन १५ गते दिउसो बहिनिको हत्या गरिएको पीडितले पत्रकार समेलनमा जानकारी गराए । हत्या भएको मृतकको टाउकोमा गम्भीर चोट लागेको निधारमा समेत निल डाम देखिएको अवस्थामा रौतहट प्रहरीले घटनास्थलमा सव बरामद गरेपनी दोषीलाई कार्वाही नगरिएको मृतकको दाजु पन्नालाल साह बताउँछन् । हत्या गरि आत्महत्याको संज्ञा दिने गरि परिवारको सद्स्यले बहिनीलाई तल्लो भुई सम्म झुण्डायाईएको अवस्थामा प्रहरीले लास बरामद गरेको थियो । मृतकको सव जिल्ला अस्पताल गौरमा पोष्टमार्टम गरिएको थियो । अस्पतालले अहिलेसम्म पोष्मार्टमको रिपोर्ट दिइएको छैन ।मृतकको ससुरा सियाराम साह कानु ,पति रबिन्द्र साह कानु , सासू लगायतले बहिनीको हत्या गरिएको पीडितले आरोप लगाएका छन । मृतकको पति रबिन्द्र साह कानुको आफ्नै चाचा नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक भुनेशवर साह रहेकोले उनको दबावमा रौतहट प्रहरीले मुद्दा दर्ता नगरेको पीडित साहले आरोप लगाएका छन । पीडित साहले दोषीलाई कार्वाहीको मांग गर्दै मानव अधिकारक्रमी ,संचारक्रमिलाई समेत आग्रह गरेका छन ।