Online News Portal

दलित समुदायका केही व्यक्तिको नागरिकतामा राज्यले दलित समुदायलाई गरेको व्यबहार अमानवीय भएकोमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आपक्ति जनाए

268

काठमाडौं । दलित समुदायका केही व्यक्तिको नागरिकतामा राज्यले दलित समुदायलाई गरेको व्यबहार अमानवीय भएकोमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आपक्ति जनाएका छन् । नागरिकतामा देखिएको भेदभावको बिरोध गर्दै दलित अगुवाहरुले आपक्ति जनाएका हुन् ।

आज (बुधबार) रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले नागरिकतामा देखिएको विभेदले नागरिकता लने व्यक्तिलाई मात्र नभएर त्यसको असर तीनका पुस्तौपुस्तासम्म पर्ने बताए । उनले जथाभावी नाम राखेर नागरिकता दिने प्रवृत्तिको विरुद्ध अब सबैले आवाज उठाउनु पर्नेमा जोड दिए ।

उनले भने,‘देशमा हामी सभ्य छौ भन्नेहरुले नागरिकतामा अपमानजनक शब्द राखेर नागरिकता जारी राख्नु दमनको परकाष्टा हो । यो अन्तहिन दमनको प्रतिक हो ।’ उनले यो प्रवृत्तिले नागरिकता लिनेलाई मात्र हैन् उसको पुस्तौपुस्तासम्म असर गर्ने बताए । जीवनका हरेक मोड, प्रशासनिक काममा नाागरिकता चाहिने भन्दै उनले नागरिकतामा उल्लेख गरिएका नाम उच्चारण गर्न पनि नसक्ने खालको भएको भन्दै खेद प्रकट गरे । उनले आयोगले २०५२ सालदेखि नै नागरिकतामा राखिएको थरको जात सच्चाउनको लागि संशोधनको व्यवस्था अनुसार कुरा उठाउँदै आएको सुनाए । गृहमन्त्रालय, राष्ट्रिय दलित आयोग, प्रतिनिधी सभाका संसद, राष्ट्रिय सभाका सांसद, सरकार सबै मिलेर यसको दिर्घकालिन रुपमा समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

प्राइम टेलिभिजनका अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले दलितहरुको मुद्दामा जति बहस गरेपनि निश्कर्षमा पुग्न नसकेको स्वीकार गरे । उनले भने,‘संविधानमा लेख्छौ, ऐन कानुन सबै बनेको छ । तर त्यो कार्यान्वयन हुँदैन । हाम्रो देशमा अहिलेसम्म दलितहरुले नेतृत्व गर्न पाएका छैनन् ।’

Leave A Reply

Your email address will not be published.