कलैया उपमहानगरपालिकाको बेथितिबारे समाचार लेख्दा स्वास्थ्य शाखाका कर्मचारी पाण्डे बौलाए
कलैया बारा , १ भदौ ।
कलैया उपमहानगरपालिकाको बेथितिबारे समाचार लेख्दा एक जना कर्मचारी बौलाएका छन् । कलैया उपमहानगरकाको बेथितिबारे कुनै किसिमको समाचार लेख्दा वा सामाजिक सञ्जालमा प्रतिक्रिया राख्दा कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अनिल कुमार पाण्डे बौलाएका हुन् ।
कलैया उपमहानगरपालिकाको कुनै किसिमको प्रक्रियामा पाण्डेले जथाभावी गालीगलौज तथा अपशब्दहरु प्रयोग गरि प्रक्रिया दिने काममा उत्रिएका हुन् । सञ्चारकर्मीले कलैयाको बेथितिबारे सामाजिक सञ्जालमा पोष्ट गर्दा पाण्डेले आफै चार पाँच वटा फेसबुक आई.डि. बनाई जथाभावी कमेन्ट तथा पोष्ट गर्ने गरेका हुन् । सञ्चारकर्मीको दायित्व नै हो, पालिकादेखि कर्मचारीहरुको कमि कमजोरीलाई सर्वसाधारणसामु प्रस्तुत गर्ने, तर ति कर्मचारी आफ्नै पालिका रहेको कि आफ्नै बारेमा केही लेखेको सम्झेर बौलाए जस्तो क्रिया प्रक्रिया दिने गरेका छन् ।
सञ्चारकर्मी अरुण कुशवाहाले कलैया उपमहानगरपालिकाको बजारमा ट्राफिक अस्त व्यस्त तथा भद्रगोलबारे स्टाट्स सामाजिक सञ्जालमा पोष्ट गरेका थिए त्यस स्टाट्समा ति कर्मचारी पाण्डेले कुशवाहालाई अपशब्द प्रयोग गर्दै जथाभावी कमेन्ट गरेका छन् । समाचार गलत लेख्दा वा कसैको चरित्र हत्या गर्दा सञ्चारकर्मीलाई नियमन गर्ने निकाय हुँदा हुँदै सरकारी पदमा कार्यरह रहेका पाण्डेले आफ्नो पदको हैसियत नबु्झी जथाभावी क्रिया प्रतिक्रिया दिएका छन् ।
पाण्डे उपमहानगरपालिकाका मेयर विनोद साहको चम्चागिरी गर्ने पात्र हुन् । आफू राम्रो बन्नका लागि नगरपालिकाका बारेमा उठान गर्ने सञ्चारकर्मी एवं सर्वसाधारण विरुद्ध जथाभावी फेसबुक कमेन्ट गर्ने गरेको बताइएको छ । कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखा आफै भद्रगोल अवस्थामा छ । सर्वसाधारणहरुले सेवा पाउन सकेका छैनन् । त्यसतर्फ ध्यान दिई सेवाग्राहीहरुको समस्या समाधान गर्नुपर्नेमा मेयर अगाडि कसरी राम्रो बन्न सकिन्छ भन्नेतर्फ उन्मुख भई मात्र चम्चागिरी गर्ने गरेको बताइएको छ ।
कलैया उपमहानगरपालिकामा जथाभावी पार्किङ्ग, सडक पेटी अस्त व्यस्त, ट्राफिक जामको समस्या लगायत थुप्रै समस्याहरु छन् । जसले गर्दा सर्वसाधारणहरुले दिनुहँ सास्ती खेप्नु परि रहेको अवस्था छ । यस दुरावस्थालाई समाधान गर्नका लागि सञ्चारकर्मीहरुले मेयरको ध्यानाकर्षण गराउनका लागि समाचार लेख्दा बौलाएको पाण्डे जथाभावी कमेन्ट गर्ने गरेका छन् । कर्मचारीको काम हो, आफ्नो काम गर्ने, सर्वसाधारणलाई सेवा दिने तर बौलाएका पाण्डे चम्चागिरीकै कारण नगरपालिकामा इमान्दारी तरिकाले ड्युटी पनि नगर्ने गरेको सर्वसाधारणहरुको गुनासो छ ।