Online News Portal

वीरगन्ज । वीरगन्ज महानगर पालिकामा स्थित रहेको होटल ज्योती प्यालेसमा अहिले यौन व्यवसाय व्यापक फस्टाएको छ ।

494

बिरगंज

जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय भन्दा १०० मीटर पश्चिम भारतीय महावाणिज्य दूतावासको उत्तर पट्टि रहेको होटल ज्योती प्यालेसमा अहिले यौन व्यावसाय व्यापक फस्टाएको छ । किशोरी उमेरदेखिका युवतीहरुदेखि अधवैसे युवतीहरु होटलमा खुलेयाम यौन व्यावसाय गरि रहेका छन् ।

यसरी यौन धन्दा फस्टाएको र यस्ता यौन व्यवसायका लागि संचालन रहेको होटलका कारण पर्सा लगायत अन्य थुप्रै जिल्लाबाट पढन आएका किशोर किशोरीहरुसमेत बिहान पढन आएपनि विद्यालय नगई यौन धन्दामा लागेका छन् ।

होटल ज्योती प्यालेस सहित , लिंक रोडमा रहेको होटल लगायत बसपार्क क्षेत्रभित्रै रहेका होटलदेखि आसपास क्षेत्रका होटलहरुमा अर्धनग्न बस्त्र लगाएका किशोरी तथा महिलाहरु यौन व्यवसायका लागि ग्राहक कुरि रहेका सहजै तरिकाले देख्न सकिन्छ ।

यसले गर्दा त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुले पनि दुःख खेप्नुपर्ने अवस्था सृजना भएको छ । होटल ज्योती प्यालेसमा फस्टाएको यौन धंदाले आस पास बस्ने सर्व साधारण लगायत आसपास क्षेत्रमा संचालन रहेको विद्यालयमा समेत असर परेको स्थानिय बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी तथा भारतीय महावाणिज्य दूतावास वीरगन्जको उत्तर पट्टि संचालन रहेको होटल ज्योती प्यालेसमा यसरी खुल्याम यौन धन्दा फस्टाएकोमा प्रहरी माथि पनि संका उत्पन्न हुन थालेको छ ।

होटल ज्योती प्यालेस नजिक २४ घण्टा प्रहरीको निगरानी भएपनि यौन व्यवसाय व्यापक फस्टाएकोमा पर्सा प्रहरी माथि संका उत्पन्न हुन थालेको छ।

केही दिन अघिसम्म राति राति बसपार्क क्षेत्र लगायत बाइपास सडकमा तेश्रो लिङ्गीहरुले यौन व्यवसायका लागि ग्राहक खोज्ने गरेको अवस्थामा हाल आएर किशोरी तथा अधवैशे महिलाहरु नै यौन व्यवसायमा सक्रिय भएका छन् । भने तेश्रो लिङ्गी हरु अहिले वीरगन्ज चण्डाल चौक , आइसिपी , अलौ लगायतको मेन् रोडमा ग्राहक कुर्ने गरेका छन् । होटल ज्योती प्यालेस लगायत बसपार्क क्षेत्रमा रहेका सानो एउटा खाजा खाने होटलमा १० देखि १५ जना किशोरी युवती तथा अधवैशे महिलाहरु यौन व्यावसायका लागि राखिएका छन् ।

भारतीय महावाणिज्य दूतावास अगाडि रहेको प्रहरी बिटको उत्तर पट्टि रहेका होटलमा खुलेयामा यौन व्यवसाय हुने गरेको छ । त्यही प्रहरी ड्युटी गरि रहेका हुन्छन्, त्यही प्रहरीकै अगाडिबाट यौन व्यवसायीहरु होटलमा गएर यौन क्रियाकलाप गर्ने गरेका छन् । पर्सा प्रहरी लगायत होटल अगाडी प्रहरी बिटलाई यौन व्यवसायी होटलका साहुले महिनावारी रकम बुझाउने गरेका कारण प्रहरीले आँखा चिम्लिने गरेको बताइएको छ ।

वीरगन्जमा यौन व्यवसाय अन्त्य नै भइसकेको अवस्थामा पर्साका घुमुवा प्रहरीको संरक्षणमा खुलेयाम यौन व्यवसाय हुने गरेको स्थानीयहरुको भनाई छ । उनीहरुका अनुसार त्यस क्षेत्रमा एउटा प्रतिष्ठित व्यक्तिलाई आउजाउ गर्न समेत गाह्रो भएको छ । दिनदहाडै युवतीहरु ग्राहक खोजी रहेका हुन्छन्, बाहिरबाट आएका युवाहरुले होटलका दलाल महिलाले बोलाएर बार्गेनिङ्ग गरि यौन व्यवसाय गर्ने गरेको उनीहरुको भनाई छ । यसबाट त्यस क्षेत्रमा हिँड्ने अन्य महिलाहरु पनि असुरक्षित रहेको स्थानीयहरुको भनाई छ । अब जो सुकै युवाहरु बाहिरबाट आएपछि त्यस क्षेत्रमा हिँड्ने महिलाहरुलाई यौन व्यवसायी नै सम्झन्छन्, जसले गर्दा प्रतिष्ठित व्यक्तिलाई त्यस क्षेत्रमा हिँड्न समेत गह्रो भएको छ, प्रहरी त स्वयमँ उनीहरुलाई संरक्षण गर्ने गरेको स्थानीयहरुको भनाई छ ।

Leave A Reply

Your email address will not be published.