Online News Portal

संजिव मिश्रा पर्सा ३ (ख) बाट प्रदेश सभा सदस्य समानुपतिक उम्मेदवारका लागि सिफारिस ।

178

वीरगञ्ज १८ भदौ ।

नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ (ख) को समानुपतिक तर्फ जिल्ला कमिटी उप सचिव तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका कोषाध्यक्ष संजिव कुमार मिश्रको नाम सिफारिस गरेको छ । प्रादेशिक समन्वय समिति क्षेत्र न ३ को ख को आयोजनामा भएको बैठकले समानुपतिक तर्फ मिश्रको नाम सिफारिस गरेको छ । यसैगरी प्रदेश सभाको प्रत्यक्ष तर्फ किरण देवी गुप्ता र विधाचल ठाकुरको नाम सिफारिस गरेको छ ।

प्रदेश क्षेत्रीय कमिटीका संयोजक सागीर मियाँको सभापतित्वमा भएको बैठकमा प्रमुख अतिथि केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य राजकुमार गुप्ता , प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद , जिल्ला कमिटी सह सचिव संजिव मिश्रा , क्षेत्रिय अध्यक्ष राजेश्वर प्रसाद रौनियार , नेता शिव पटेल , विजय चौरसिया , श्रीलाल साह कानु , किरण देवी गुप्ता , पुरण कुर्मी , विनोद गिरी , मोहमद निजाम , रवि गुप्ता , रुबी ठाकुर , दीपक ठाकुर , रामबाबु साह , सन्जय चौहान , धीरज चौरसिया , अलि अहमद , प्रमोद साह , विकास पाण्डे , सुनिल कुशवाहा , ललिता देवी , रबडी देवी , सालमा खातुन , रणिता देवी , मिना गुप्ता , ज्योति चौरसिया , उम्रावाती देवी , प्रियंका देवी , ज्योति मिश्रा , मन्तुरा देवी , बिधचाल ठकुर , प्रमोद कुशवाहा , गम्भीर साह , अक्लेश साह , सुनित साह , इन्द्रदेव कुर्मी , लक्ष्मी थापा कुशवाहा , लक्षमण चौरसिया , रामेश्वर प्रसाद चौहान , द्रुव साह , वडा कमिटीका अध्यक्ष , पालिका कमिटीका पदाधिकारी , निर्वाचित जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.