रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक रुपमा सेना परिचालन गरेपछि विरोध प्रदर्शन
एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक रुपमा सेना परिचालन गरेपछि विरोध प्रदर्शन भएको छ । आंशिक सेना परिचालनपछि रुसबाट पलायन भएकाहरुलाई जर्मनीले आश्रय दिने समाचारहरु पनि सार्वजनिक भएका छन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका थिए । युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालन गर्नु परेको उनले बुधबारको सम्बोधनमा भने ।
त्यसका लागि करिब तीन लाख रिजर्भ रुसी सैनिकलाई ड्युटीमा बोलाइएको बीबीसीले जनाएको छ ।