Online News Portal

रौतहट मा करेन्ट लागेर हिजो एक महिला को मिर्त्यु।

507

रौतहट  १३                                                     करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ। जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाका गगनदेव महतोको ५० वर्षीय श्रीमती जसोधियादेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै खेतमा लगाइएको बालीलाई जंगली जनावरबाट बचाउन लगाएको विद्युतको तारबाट करेन्ट लागेर बुधबार साँझ महतोको मृत्यु भएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र धमलाले जानकारी दिए । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।मृतक का श्रीमान कर्तब्य ज्यान मुदा मा फरार हरेका छन । आफ्नो बुवा को मुदा मा बद्ला लिनको लागि आफ्नो विपक्षीलाई फसाउन को लागि नाम समेत दिई फसाउने खेल सुरु भएको छ।

Leave A Reply

Your email address will not be published.