Online News Portal

अमेरिकामा समुद्री आँधी इयानका कारण करोडौँ डलर बराबरको क्षति

153

 एजेन्सी
अमेरिकाको फ्लोरिडामा समुद्री आँधी इयानका कारण करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आँधीबाट झण्डै २५ लाख मानिस प्रभावित भएका छन् । जनजीवन कष्टकर बनेको छ । घर तथा धेरैजसो भौतिक संरचनामा क्षति पुगेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक अन्धकारमा रहेका बीबीसीले जनाएको छ ।

अमेरिकाको आँधीबारे पूर्वानुमान गर्ने निकाय नेशनल हुरिकेन सेन्टरले बाढीको थप खतरा रहेको भन्दै चेतावनी दिएको छ । यो आँधी फ्लोरिडामा बज्रिएका अहिलेसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक मानिएको छ। इयान आँधी बुधवार फोर्ट मायर्स सहर नजिकै २ सय ४१ किलोमिटर प्रतिघण्टाको गतिमा आएकाे थियाे ।

आँधीकै कारण क्युबामा दुई जनाले ज्यान गुमाएका छन् । फ्लोरिडामा मानवीय क्षतिबारेको विवरण आइसकेको छैन । यो आँधी जोर्जा र साउथ क्यारोलिना पुग्दा पनि इयान आँधीकै रूपमा रहने आँधीबारे पूर्वानुमान गर्ने निकायले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.