Online News Portal

जनता समाजवादी पार्टी नेपालबाट पर्सामा ६ जना उमेदवार

127

पर्सा। जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साबाट प्रतिनिधि सभा र प्रदेशसभा पदमा ६ ले उम्मेदवारी दिदैं छन । पार्टीले टिकट दिएपछि उनीहरुले आज उम्मेदवारी दिने तयारी गरीरहेको हो । जसपा नेपाल पर्साबाट प्रतिनिधि सभामा पर्सा क्षेत्र नम्बर १ बाट प्रदिप यादव र क्षेत्र नम्बर २ बाट सुरेन्द्र कुर्मी रहेका छन् ।

यसै गरि प्रदेशसभामा पर्सा जिल्ला क्षेत्र नम्बर १ (ख) मा जसपाको तर्फबाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत क्षेत्र नम्बर २ (क) बाट जसपाको तर्फबाट रामनरेश यादव, क्षेत्र नम्बर ३ (ख) मा जसपाको तर्फबाट डाक्टर मधु गुप्ता र क्षेत्र नम्बर ४ (ख) मा जसपाको तर्फबाट सिंगासन साह कलवार रहेका छन् ।

Leave A Reply

Your email address will not be published.