Online News Portal

पर्सा क्षेत्र नम्बर २(ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले शुक्रबार स्वर्ण पदक विजेता अख्तरलाई मायाको चिनोसहित सम्मान

358

वीरगन्ज ,०४ कार्तिक :पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो तर्फ स्वर्ण पदक विजेता वीरगन्जका माहम्मद सोयब अख्तर गृहनगरमा सम्मानित भएका छन् ।

पर्सा क्षेत्र नम्बर २(ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले शुक्रबार स्वर्ण पदक विजेता अख्तरलाई मायाको चिनोसहित सम्मान गरेका हुन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी अख्तरले पोखरामा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलमा नेपाल प्रहरीका सुवासचन्द्र बोहोरालाई पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् ।
५८ केजी समूहतर्फ खेलेका उनले बोहोरालाई पराजित गर्दै मधेस प्रदेशकै लागि तेक्वान्दो तर्फ उक्त पदक दिलाउन सफल भएका हुन् । तेक्वान्दोमा स्वर्ण पदक जित्ने प्रदेशमै उनी मात्रै एक खेलाडी हुन् ।

शुक्रबार संवरण पदक विजेता अख्तरलाई सम्मान गर्दै स्वतन्त्र उम्मेद्वार सिंहले अख्तरले वीरगन्ज र पर्सा जिल्लाको मात्रै नभई प्रदेशकै नाम राख्न सफल हुनु वीरगन्जका लािग गौरबको विषय भएको बताए ।
उनले भने, ‘यो वीरगन्ज र पर्सा जिल्लाको लागि मात्रै नभई समग्र प्रदेशकै लागि गौरबको विषय हो, वीरगन्जेली छोरोले अवसर पाए गरेर देखाउँछ भन्ने उदाहरण पनि हो ।’

खेलबाट आफ्नो क्षेत्र र देश चिनाउने गरी आउँदा दिनमा पनि अग्रसर रहिरहन आग्रह गर्दै उनले खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

Leave A Reply

Your email address will not be published.