Online News Portal

जनमतका वडा अध्यक्ष उम्मेदवारले गरे जसपा प्रवेश

119

वीरगञ्ज, ८ कार्तिक ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा जनमत पार्टीबाट गत स्थानीय तहमा वडा अध्यक्षका प्रत्यासीले जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा जनमत पार्टीबाट स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा वडा अध्यक्ष उम्मेदवार पवन कुमार ठाकुरले जसपा प्रवेश गरेका हुन् । ठाकुरलाई जसपाका राजनीति समिति सदस्य प्रदीप यादवले पार्टीमा भित्र्याएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका यादवले ठाकुरलाई मंगलबार वीरगञ्जमा एक अनौपचारिक कार्यक्रम बीच फूलमाला र टिका ल;लगाएर पार्टीमा भित्र्याएका हुन् । पार्टी प्रवेश गर्दै ठाकुरले जसपाले मात्र देशमा विकास र समृद्धि ल्याउन सक्ने भएकोले आफूले जनमत पार्टी त्यागेर जसपा रोजेको बताए ।

Leave A Reply

Your email address will not be published.