Online News Portal

छठको दिन पनि यादव र गद्दी घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त

177

वीरगञ्ज, १३ कार्तिक

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेश सभा सदस्य पदका उम्मेदवार लालबाबु राउत गद्दीले वीरगञ्ज महानगरपालिका वडा नं ४ र ५ का मतदातासँग भेटघाट गरेको छन् । वीरगञ्ज महानगरपालिका वडा नं ४ र ५ का मतदातासँग भेटघाट गर्दै पूर्व मन्त्री प्रदिप यादव र मधेश का मुख्य मन्त्री लालबाबु राउत गद्दीसमेत छठ पर्वको शुभकामना मतदाताहरु दिएका छन् ।

निर्वाचन नजिकिदै गएसँगै उनले नेता तथा कार्यकर्ताहरुलाई पनि जसपा र एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सक्रिय हुन सचेत गराएका छन् । जनतालाई भ्रममा पारेर दिवा सपना देखाउनेहरुबाट सर्तक रहन आग्रह गर्दै उनले ईमान्दार एवम् जनताको पिरमर्का बुझ्ने व्यक्तिलाई चुनेर पठाउनुपर्ने बताएका छन् । निर्वाचित गराइसकेपछि पश्चाताप हुनुपर्ने अवस्था नआउनका लागि बेलैमा सोचेर अमूल्य मत सही व्यक्तिलाई दिई विकास र परिवर्तनको अभियानमा हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं ४ र ५ का मतदाताहरुले यादव र गद्दीको भनाईप्रति समर्थन जनाउँदै मताधिकारको सही सदुपयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । मतदातासँगको भेटघाटका क्रममा निवर्तमान सांसद यादवसहित मधेश प्रदेशका मुख्यमन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार मोहमद लालबाबु राउत गद्दी, जसपा का महानगर अध्यक्ष इश्वर चन्द्र यादव , नेकपा एमाले र जसपाका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.