युवा नेता रहबर अन्सारीको प्रसौनी र सबैठवामा घरदैलौ
बीरगंज, २१, कार्तिक
वाम लोकतान्त्रिक गठबन्धबाट पर्सा क्षेत्र नं. १ (क) मा माओवादी केन्द्रका प्रदेश सभासदस्यका उम्मेदवार चर्चित युवा नेता रहबर अन्सारीलाई बीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी गाँउमा घरदैलो कार्यक्रम गरेको छ । बीरगंज महानगरपालिका भित्र रहेका आफ्नो क्षेत्र मध्यका अधिकांश वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको र गर्दै जाँदा सम्पूर्ण वडाहरुमा मतदाताहरुको मन जितेको प्रत्याभुति अन्य वडाका वडावासीलाई सुनाए । जनताको चाहना नै यस पाली युवा रहेको मतदाताहरुले विश्वास दिलाए।
अन्सारीलाई जिताउनका लागि प्रसौनीवासीले घर घर पुगि मतदाताहरुलाई आग्रह समेत गरे । जनताको आकांक्षा अनुसार विकास निर्माणका लगायत आवश्यकता बमोजिम कार्यका लागि कार्यनीतिलाई परिवर्तनको प्रत्याभुती दिलाउनका लागि पहल गर्ने युवा नेता अन्सारीले प्रतिबद्धता जनाए । नेता अन्सारीको सहयोगमा वाम गठबन्धनका पाँच दलिय झण्डा तथा नेता, कार्यक्रर्ता लगायत वडाका स्थानीय युवा, बुद्धिजीवी, समाजसेवीले घरदैलो गरेका छन् ।
गठबन्धनका नेता, कार्यक्रता लगायत गाँउ टोलका नेता, कार्यक्रर्ता लगायत पाँच दलिय वाम गठबन्धनका युवाहरुको उल्लेखनीय सहभागिता रहेको युवा नेता इजराइल अन्सारीले बताए ।