Online News Portal

रहबर अंसारीको घरदैलो कार्यक्रम वीरगञ्जको चोर्नीमा

152

बीरगंज, २२ कार्तिक

लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार पर्सा क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य उम्मेदवार युवा नेता रहबर अन्सारीले आज बीरगंज महानगरपालिकाको वडा नं. ३२ चोर्नी चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गरेका छन्। युवा नेता अंसारी चुनाव नजिकिँदै जाँदा चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार युवा नेता रहबर अंन्सारीले घर घर जाऔं, रहबर अन्सारीलाई जिताऔं मुल नाराको साथ समर्थक तथा मतदाताहरुलाई पाँच दलिय गठबन्धनलाई जिताउन सक्दो सहयोगका लागि अपिल गरेका छन् ।

घरघर पुग्ने अभियानमा युवा तथा अग्रजहरु स्वस्फूर्त लागेको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीमा बाम लोकतान्त्रिक गठबन्धन को तर्फबाट प्रदेश सभा सदस्य पदका उमेदवार रहबर अंसारीले नागरिकले नयाँ अनुहार खोजेकाले मतदाताको मन र मत पाए आफूले निर्वाचन जित्ने बताए । आफ्नो क्षेत्रको उन्नती र विकासका लागि ठूलो लक्ष्य लिएर हिँडेको भन्दै उनले त्यो लक्ष्यलाई पूरा गर्न सबैको साथको आवश्यकता रहेको बताए । यसपालिको चुनावी महोल र पार्टीप्रति नागरिकको लहरले म ढुक्क छु,’ उनले भने, ‘मतदाताले मेरो त्याग, समर्पण र निरन्तरतालाई सही मूल्यांकन गर्ने छ ।’

सो कार्यक्रममा बाल लोकतान्त्रिकका नेता असलम अंसारी,डा.अनवर अंसारी,मनिर आलम,अबुलेश्य अंसारी ,सनाउलाह अंसारी,फतेयालम अंसारी, लागायत नेता कार्यकर्ता हरुको उलेख्निय सहभागिता रहेको युवा नेता इजराईल अन्सारीले बताए ।

Leave A Reply

Your email address will not be published.