Online News Portal

यादव र गद्दीको बीरगंज वडा नम्बर ११ मा जसपा–एमाले गठबन्धनले चुनावी घरदैलो ।

741

वीरगञ्ज, २३ कार्तिक ।

पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा आज जसपा–एमाले गठबन्धनले चुनावी घरदैलो वडा नम्बर ११ को रानीघाट र श्रीपुरमा गर्दै जसपाबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेशसभा सदस्य उम्मेदवार मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीले मतदातालाई भेटेर जसपालाई मतदान गर्न आग्रह गरेका छन् । मतदातासँगको भेटघाटमा प्रदेशसभा सदस्य उम्मेदवार मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीले विकास र जनताको सेवा नै आफ्नो मूल एजेन्डा विगतमा पनि रहेको र आगामी दिनमा पनि रहने बताए ।

सांसद पदमा पाँच वर्षको कार्यकालमा आफुले विकास र जनताको सेवालाई प्राथमिकतामा राखेर जनताको माझमा रहेको र फेरि अवसर पाए यीनै एजेण्डाका साथ अगाडि बढ्ने बताए पुर्व मन्त्री यादवले बताए । आफु पदमा रहँदा होस् वा पदमा नरहँदा होस्, जहिले पनि नेता भन्दा जनताको सेवक बनेर बसेको भन्दै यादवले समृद्ध पर्सा र समृद्ध पर्सावासीको नारालाई आफुले सदैव आत्मसाथ गरेर अगाडि बढेको बताए ।

मधेश र मधेशका जनताको पहिचान, अधिकार र आत्मसम्मान जसपाकै कारण प्राप्त भएको भन्दै उनले भने, ‘नागरिकता लगायत केहि मुद्धा अझै सम्बोधन हुन बाँकी छन्, ती पुरा गराउन फेरि जसपाले अवसर पाउनुपर्छ ।’ चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता थियो । उनीहरुले प्रदीप यादव जिन्दवाद, छाता छाप जिन्दावाद, प्रदीप यादवलाई मतदान गरौँ, छाता छापमा मतदान गरौँ जस्ता नारा पनि लगाएका थिए । जसपाका बीरगंज महानगर युवा नेता ईश्वचन्द्र यादवले बताए ।

Leave A Reply

Your email address will not be published.