Online News Portal

मुख्यमन्त्री लालबाबु राउत गद्दीले मतदातालाई भेटेर जसपालाई मतदान गर्न अपील गरे

847

वीरगञ्ज, २४ कार्तिक ।

पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लाी मा जसपा–एमाले गठबन्धनले चुनावी घरदैलो गर्दै जसपाबाट प्रदेशसभा सदस्य उम्मेदवार मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीले मतदातालाई भेटेर जसपालाई मतदान गर्न अपील गरेका थिए । मतदातासँगको भेटघाटमा प्रदेशसभा सदस्य उम्मेदवार मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी प्रति जनसमर्थन बढदै गएको र आउने दिनमा मुख्यमन्त्रीको नै जित हुने स्थानीयले विश्वास दिलाए । मधेश र मधेशका जनताको पहिचान, अधिकार र आत्मसम्मान जसपाकै कारण प्राप्त भएको भन्दै उनले भने, ‘नागरिकता लगायत केहि मुद्धा अझै सम्बोधन हुन बाँकी छन्, ती पुरा गराउन फेरि जसपाले अवसर पाउनुपर्छ ।’

विकास र जनताको सेवा नै आफ्नो मूल एजेन्डा विगतमा पनि रहेको र आगामी दिनमा पनि रहने गद्दीले जनतासँग प्रतिबद्धता जनाए । उनीहरुले लालबाबु राउत जिन्दवाद, छाता छाप जिन्दावाद, प्रदीप यादवलाई मतदान गरौँ, छाता छापमा मतदान गरौँ जस्ता नारा पनि लगाएका थिए । सो कार्यक्रम पुर्व जिल्ला सभापति नेक महम्मद मियाँ, जसपाका नूरआलम अन्सारी लगायत चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । जसपाका बीरगंज महानगर युवा नेता ईश्वचन्द्र यादवले बताए ।

Leave A Reply

Your email address will not be published.