Online News Portal

बाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसार तथा घरदैलो सम्पन्न मतदाता भन्छन् चौरसियाको जित सुनिश्चित छ’

170
वीरगञ्ज, २५ कार्तिक
पर्सा क्षेत्र नम्बर २ बाट बाम लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा सदस्य पदका साझाँ उम्मेदवार नेपाली कांग्रेसका नेता अजय कुमार चौरसिया वीरगञ्ज महानगरपालिका वडा नम्बर १ , ३ मा चुनावी प्रचार प्रसार तथा मतदातासँग भेटघाट गरेका छन् । मंसिर ४ गतेको निर्वाचन नजिकिदै जाँदा घरदैलो अभियानलाई तिव्रता दिँदै पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौरसिया वीरगन्जको वडा नं १,३ पुगेका हुन् । सत्तारुढ पाँच दलीय गठबन्धनबाट पर्सा २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौरसियाले चुनावी प्रचार प्रसार तथा घरदैलोको क्रममा मतदातासँग बाम लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।
चुनावी प्रचारप्रसारलाई निरन्तरता दिँदै नेता चौरसियाले आफुलाई जिताउन रुख छापमा मतदान गर्न मतदातासँग अपिल गरेका छन् । सँधै जनताकै सेवामा सक्रिय रहेको हुँदा यस क्षेत्रका लागि चौरसिया नै योग्य उम्मेदवार भएको सिसोबारीका मतदाताको प्रतिक्रिया छ । सो कार्यक्रममा क्षेत्र नं २ (ख) का प्रतिनिधिसभा सदस्य पदका रमेश प्रसाद कुर्मीको पनि घरदैलो कार्यक्रम सहभागिता रहेको थियो। चौरसिया लाई पाँच दलीय गठबन्धनको साथ भएको हुँदा उनको जित सुनिश्चित भएको उनीहरुको भनाई थियो । त्यसलगत्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर १, ३ का मतदातासँग पनि चौरसिया ले भेटघाट तथा छलफल गरेका छन् ।
Leave A Reply

Your email address will not be published.