Online News Portal

सशस्त्र प्रहरी द्वारा पानी बोकेको मिनि ट्रकबाट लागू औषध गाँजा बरामद

281

पर्सा । सशस्त्र प्रहरी मधेस प्रदेश छिन्नमस्ता बाहिनीले सर्लाहीको मलंगवाबाट पानी बोकेको मिनि ट्रक भित्रबाट भारी मात्रामा लागू औषध गाँजा बरामद गरेको छ ।

सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरिया स्थित गंगा पेट्रोल पम्पमा पार्किङ गरि राखेको बागमती प्रदेश ३०१/००६ ख १७०४ नम्बरको पानी बोकेको मिनि ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बिशेष सुचनाको आधारमा नियन्त्रणमा लिएको ट्रकलाइ चेकजाँच गर्दा ८० कार्टुन पानीको तल १४ पोकामा राखिएको १४० किलो लागू औषध गाँजा बरामद भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठारामगरले बताए ।

उनले भने, ´पानी बोकेको ट्रक भित्र लागू औषध गाँजा लुकाएर भारत तर्फ लैजाने तयारी गरिएको अवस्थामा सूचना आएपछी उक्त गाँजा बोकेको ट्रक पेट्रोल पम्म अगाडि बेवारिसे अवस्थामा रोकी राखेको अवस्थामा बरामद गरिएको हौ ।`

बरामद गरिएको गाँजा र ट्रकलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मा लगाइएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.