मधेसमा चुनावको मध्यनजर जसपा नेपालको चलखेल शुरु
बिरगंज ।
बिरगंजको बसपार्क सडकखण्डबाट नगद र नक्कली मतपत्रसहित दुईजना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले दुई लाख नगद र नक्कली मतपत्रसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कार चालक बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ का अमिरी राउत र कारमा सवार बिरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वाका राजन सिंह रहेका छन् ।
बाराको कलैयाबाट बिरगंज आउँदै गरेको बा. १०२५ च ६६३६ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा नगदसहित नक्कली मतपत्र फेला परेको प्रहरीले जनाएको छ ।
मधेसमा चुनावको मध्यनजर जसपा नेपालको चलखेल शुरु भएको देखिन्छ । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसमा जातियता चलखेल चलाउदै आएका यादव र मुस्लिमबीच समिकरण गरेको खुलासा भएको छ । यादव र मुस्लिमको मुख्य नायिका रहेका प्रदिप यादव र मधेस प्रदेशका मुख्यमन्त्री महम्मद लालबाबु राउत रहेको स्थानियले पनि महसुस गरेका छन् । पर्सा जिल्ला र बारा जिल्ला मधेस प्रदेशको मुख्य नाका रहेको र आर्थिक नगरीले नेपालमा पहिचान बनाएको यथावत नै छ । साभार: अंकुश दैनिक