Online News Portal

काँग्रेसको गढलाई ढाल्दै बारा १ मा एमालेका मैनाली ठूलो मतान्तरणले विजयी

227

कोल्हभी (बारा), ९ मंसिर / बारा जिल्ला क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य तर्फ नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली विजयी भएका छन् । जसपा – एमाले गठबन्धनका साझा उम्मेदवार समेत रहेका मैनाली ठूलो मतान्तरले आफ्ना प्रतिद्वन्धी सत्ता गठबन्धनका उम्मेदवार उमाकान्त चौधरीलाई पराजित गर्दै विजयी भएका हुन् ।अन्तिम मत परिणाम अनुसार ९ हजार १३९ मतान्तरले मैनाली विजयी भएका हुन् । मैनालीले ३९ हजार १९५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्धी सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका थिए ।नेपाली काँग्रेसका उम्मेदवार चौधरी दुई पटक स्वास्थ्यमन्त्री समेत बनेका व्यक्ति हुन भने हाल खानेपानी मन्त्री समेत हुन् । बारा जिल्ला क्षेत्र नं. १ नेपाली काँग्रेसको गढ भएपनि यस पटक मैनालीले चौधरीको गढलाई ढाल्दै ठूलो मतान्तरले विजयी भएका हुन् ।गत २०७४ सालको निर्वाचनमा चौधरीले २४ हजार ४५० मत ल्याई विजयी भएका थिए भने त्यस बखत उनका प्रतिद्वन्धी रहेका मैनाली २२ हजार ३० मत प्राप्त गरेका थिए । तर यस पटकको निर्वाचनमा मैनाली चौधरीलाई ९ हजार १३९ मतले पछार्दै विजयी भएका हुन् ।नेपाली काँग्रेसको गढ नै रहेको यस क्षेत्रमा पटक पटक विजयी हुने गरेको चौधरीलाई उक्त क्षेत्रका जनताले मन पराउन छाडेका थिए ।

Leave A Reply

Your email address will not be published.