Online News Portal

नेपाल-भारत सम्बन्धको विरोध गर्ने उपेन्द्र यादवलाई मधेसी जनताले बहिष्कार गरे

216

काठमाडौं- मंसिर ४ गते सम्पन्‍न निर्वाचनमा प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मधेसी जनताले अस्वीकृत गरिदिएका छन्। प्रतिनिधि सभामा जान अनुमोदनका लागि जनतासामु पुगेका यादवलाई मधेसी जनताले अस्वीकृत गरिदिएका हुन्। जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतान्तरमा पराजित भए।

सप्तरी–२ मा राउतले ३५ हजार ४२ र यादवले १६ हजार ९ सय ७९ मत ल्याएका छन्। मधेस आन्दोलनबाट उदाएका यादव पृथकतावादी राजनीति छोडेर शान्तिपूर्ण राजनीतिमा आएका राउतसँग पराजित भए।

मधेसमा भारतविरोधी नारा लगाउने, नेपाल-भारत सम्बन्धको विरोध गर्ने यादवलाई मधेसी जनताले अस्वीकृत गरेसँगै अब उनको राजनीति संकटमा परेको छ। जातियता भड्काउने र मधेसी जनतामा भ्रम फैलाउने यादवको पराजयलाई मधेसी जनताले उत्सवको रुपमा मनाइरहेका छन्।

उनले मधेसमा मधेसका जनताका लागि भन्दा पनि सत्तामा रहिरहनका लागि चिनियाँ एजेन्टको रुपमा काम गरेको र मधेसी जनताको अधिकार प्राप्तिका काम नगरेको आरोप रहेको छ। त्यसैगरी लाखौं नागरिकताविहीन नेपालीहरुलाई नागरिकता उपलब्ध गराउने सरकारको योजनाको यादवले चर्को विरोध गरे। उनका लागि त्यो पनि निकै ठूलो घाटाको विषय बन्‍यो।

अर्को भनेको विगत डेढ वर्षदेखि नेकपा एमालेको चर्को आलोचना गर्दै सत्ताको लाभ लिएका यादव चुनावको मुखमा भने आफैंले आलोचना गरेका ओलीसँग मिल्न बाध्य भए। जसलाई मधेसी जनताले मन पराएनन्। उनको द्वेध चरित्रलाई मधेसी जनताले अस्वीकार गरिदिएका छन्।

चिनियाँ दबाबमा सत्ता गठबन्धनको साथ छोडेर एमालेसँग मिलेका उनी आफू मात्रै हारेनन् कि पार्टीलाई धराशयी हुने स्थितिमा पुर्‍याएका छन्। उनले एमालेबाट बढी सिट पाउने आशामा तालमेल गरेको भए पनि अन्तत: पार्टी नै संकटमा पारेका छन्।

मधेस विरोधी शक्तिसँग तालमेल, मधेसको मतलाई सत्ता तथा आफ्नो राजनीतिक स्वार्थमामात्रै उपयोग गरेका यादव सप्तरी २ कमजोर देखिएपछि उनलाई जिताउन चिनियाँ प्रतिनिधिहरु सप्तरीमै पुगेका थिए। चिनियाँ प्रतिनिधिहरुले उक्त क्षेत्रमा मुभमेन्ट गरेको बताए पनि मधेसी जनताले भने उपेन्द्र यादव र उनको प्रवृतिलाई अस्वीकार गरिदिएका छन्।

जसपाका एक कार्यकर्ताले यो चुनावमा चिनियाँ तर्फबाट ठूलो आर्थिक सहयोग प्राप्त भएको बताए पनि उपेन्द्रका चुनाव जित्‍ने सबै हत्कण्डाहरुलाई मधेसी जनताले परास्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.