Online News Portal

पर्सामा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु , चालक पटेल फरार ।

175

वीरगन्ज । पर्सामा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका – ८ रामनगरीमा बस्दै आएका ४५ वर्षीय तपसी साह कानुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरीया प्रहरी निरीक्षक आयुष जोशीका अनुसार हिजो राति अन्दाजी ८ : ४० बजेको समयमा सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ टाली चौक स्थित भित्री सडकखण्डमा रामनगरीबाट महुवान तर्फ गइरहेको २८५८ नं को ट्रयाक्टरले ठक्कर दिएको थियो । कानुको घटनास्थलमै मृत्यु भएको हो । ट्रयाक्टर सखुवाप्रसौनी स्थित रहेको चिमनीभठ्ठामा प्रहरी निरीक्षक जोशीको नेतृत्वमा खटि गएको प्रहरी टोलीले फेला पारेको हो ।

दुर्घटनापछि फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।यता स्थानीयका अनुसार पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ६ एकडरवा बसोबास गर्दै आएका लालबाबु राउत कुर्मीका छोरा संदिप पटेलले ट्रयाक्टर चलाईरहेको बताएका छन । चालक पटेलसंग सवारी चालक अनुमति पत्र नभएकोले सवारी धनी चालकलाई फरार गराई अर्को चालकलाई ईलाका प्रहरी कार्यालय पोखरीयामा हाजिर गराउने कार्यमा लागेको स्थानीयहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.