Online News Portal

पर्साका नवनिर्वाचित सांसदहरुले शपथ नलिदै कृषि र किसानसंग सम्बद्ध विद्यमान समस्यालाई पहिलो प्राथमिकतामा राख्ने

211

वीरगन्ज , १६ मंसिर
पर्साका नवनिर्वाचित सांसदहरुले शपथ नलिदै कृषि र किसानसंग सम्बद्ध विद्यमान समस्यालाई पहिलो प्राथमिकतामा राखेर त्यसको सामधानका लागि अग्रसरता देखाएका छन् । मत माग्न जादा गरेका चुनावी वाचा अनुसार नागरिकका समस्या समधानका लागि नवनिर्वाचित सांसदहरुले विजय जुलुश सके लगत्तै अग्रसरता देखाएका हुन् । पर्सा क्षेत्र नम्म्बर २ बाट नवनिर्वाचित सांसद अजय चौरसियाले शुक्रबार काठमाण्डौ पुगेर प्रधानमन्त्रीको कार्यालय , कृषि मन्त्रालय र कृषि सामाग्री कम्पनिमा पुगेर पर्सामा मलको अभावमा किसानले भोगिरहेको समस्या बारे ध्यानाकर्षण गराएका छन् ।

गत मंगलबार चौरसियाले वीरगन्ज स्थित जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुुख जिल्ला अधिकारी , कृषि सामाग्री कम्पनि र साल्ट ट्रेडिङ कर्पोशनका कार्यालय प्रमुख लगायतहरुको बैठक गरेर जिल्लामा मलको अभाव बारे छलफल गरेका थिए । त्यस क्रममा वीरगन्ज स्थित सरकोरवाला निकायका कार्यालय प्रमुखहरुले एक त मलको आयात नै कम भएको र त्यसमा पनि पर्सामा कोटा पनि कम भएको चौरसियालाई जानकारी गराएका थिए । त्यसैले शुक्रबार काठमाण्डौ पुगेर नवनिर्वाचित सांसद चौरसियाले पर्सा जिल्लामा सरकारी अनुदानको मलको कोटा थप्न प्रधानमन्त्रीको कार्यालय , कृषि मन्त्रालय र कृषि सामाग्री कम्पनिसंग माग गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवा र प्रधानमन्त्री सचिवालयका कर्मचारी जनक भट्टलाइ भेटेका चौरसियाले कृषि सामाग्री कम्पनिमा पुगेर महाप्रबन्धक राजेन्द्र कार्कीलाइ पनि भेटेका हुन् । तीन वटै निकायमा पुगेर आफुले पर्सा जिल्लाको लागि अहिले कायम मलको कोटा थप्न माग गरेको र ती निकायबाट सकरात्मक जवाफ पाएको चौरसियाले जानकारी दिए । चौरसियाले भने ,‘ मंगलबार वीरगन्जमा भएको बैठकमा भएको सहमति अनुसार प्रजिअले पर्सामा मलको कोटा थपको आग्रह गर्दे केन्द्रका निकायहरुमा पत्र पठाइ सक्नु भएको छ , त्यहि भएर त्यसलाई छिटटै कार्यान्वयन लउन म काठमाण्डौ आएको हु ।

उनले आफनो मुख्य प्राथमिकता कृषि पनि भएकोले किसानका समस्या सम्बोधनका लागि लागि परेको बताए । अहिले गहु र दलहन खेतीका बेला पनि मल नपाएर किसानहरु निक्कै तानवमा रहेको भन्दै चौरसियाले भने ,‘ किसानले खेतिकै बेला मल पाउनु पर्छ भन्ने प्रयासमा छु , मलको अभाव बारे नीतिगत समस्या पनि छ , यस बारे संसदमा पनि जोडदार रुपमा आवावज उठाउछु नै । पर्सामा कोटा नै कम भएकाले किसानले आवश्यक परिमाणमा मल पाउन नसकेको भन्दै चौरसियाले भने ,‘ यदि हालका लागि कोटा मात्रै थपि दियो भने जिल्लाका किसानले धेरै हद सम्म राहत पाउछन् , त्यसकै लागि म अहिले सबै काम छाडेर काठमाण्डौ आएको हु । गत मंगलबार पर्सा १ बाट नवनिर्वाचित सांसद प्रदीप यादवले पनि वीरगन्ज स्थित कृषि सामाग्री कम्पनि लिमिटेडमा पुगेर कार्यालय प्रमुख चन्द्र चौलागाई भेटेर जिल्लाका किसानलाई मलको आपूर्ती सहज बनाउन निर्देशन दिएका थिए ।

Leave A Reply

Your email address will not be published.