Online News Portal

मनोमानी तरिका ले इरिक्सा तथा अटो सन्चालन हुदा बिरगंज मा जाम को समसया।

441

वीरगन्ज (पर्सा),मंसिर  १७  । वीरगन्जमा सञ्चालित ई–रिक्सा, हरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासीले ट्राफिक जाम को समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त बनेको छ ।

साथै ई–रिक्सा सञ्चालनका लागि वीरगन्ज महानगरले धेरै किसिमको मापदण्ड समेत बनाएको हुदा हुँदै वीरगन्ज महानगरकाका यातायात शखा प्रमुख ले लागु गर्न पाएका छैन। युवादेखि वृद्ध–वृद्धा तथा स–साना बालकहरुले पनि बिना लाइसेन्स ई–रिक्सा चलाउने गरेको छन् ।
जसको परिणाम वीरगन्ज बजारमा दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना ई–रिक्सा चलाइरहेकाले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्या दिनदिनै बढिरहेको छ ।

वीरगन्जको घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठसम्म साँघुरा सडक, त्यसमा पनि ई–रिक्साहरुको घुइँचो भएकोले त्यस क्षेत्रमा विहान १० बजेदेखि बेलुका ७ बजेसम्म ट्राफिक जामको समस्या हुने गरेको छ ।नेपाल सरकारले मुलुकलाई प्रदूषणमुक्त बनाउनका लागि ई–रिक्सा भित्र्याएको थियो तर, जथाभावी रुपमा वीरगन्जमा क्षमताभन्दा बढी ई–रिक्साहरु सञ्चालनमा आएपछि अहिले महानगरको कुना–काप्चामा पनि ट्राफिक जाम हुने गरेको छ ।
विगतमा वीरगन्जमा ई–रिक्सा भित्र्याउने अवस्थामा वी.म.न.पा. र यातायात व्यवस्था कार्यालय एवं जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग महानगरमा ५०० सय र थप १ सय ५० गरी ६ सय ५० ई–रिक्सा भित्र्याउने सहमति भएको थियो ।

तर विस्तारै विस्तारै मादपण्ड नभएको मौका छोप्दै अहिले वीरगन्ज महानगरमा २ हजारदेखि ३ हजारसम्मको हाराहारीमा ई–रिक्साहरु सञ्चालनमा छन् । वीरगन्ज महानगरपालिका कार्यालयमा ५०० वटा ई–रिक्साहरु मात्रै दर्ता भएका छन्, भने ७० प्रतिशत भन्दा बढी ई–रिक्साहरु मापदण्ड विपरीत सञ्चालनमा छन् ।

यातायात व्यवस्था कार्यालयले ई–रिक्सा चालकको लाइसेन्स लिनको लागि विगतमा २ पटक फारम खोलेतापनि चालकहरु अटेर गरी लाइसेन्सको फारम समेत भरेका छैनन् । यातायात कार्यालयबाट अहिलेसम्म करिब ३०० जनाले मात्रै लाइसेन्स प्राप्त गरेका छन् ।

विगत लामो समयदेखि ई–रिक्सालाई मापदण्डभित्र ल्याउने महानगरपालिकाले प्रयास गरेपनि त्यो कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाले वीरगन्जमा सञ्चालित ई–रिक्साहरुलाई मापदण्डभित्र ल्याउनका लागि १० वटा रुट निर्धारण गरिएको छ, तर कसैले पनि रुटको पालना गरेको पाइएको छैन ।

अर्कोतर्फ दररेट कायम गर्नका लागि ई–रिक्सा सञ्चालक समितिका पदाधिकारीहरुसँग दररेट माग गरिएकोमा हालसम्म कसैले ल्याएर नदिएको महानगरपालिकाको भनाइ छ । रुट कायम भएपनि कार्यान्वयन हुन नसक्नु र दररेट कायम हुन नसकेको कारण ई–रिक्सा चालकहरुले उपभोक्तासँग मनोमानी रुपमा भाडा असुली रहेका छन् ।
साथै यातायात बयवस्था बिभाग ले इ रिक्सा लाई राजमार्ग मा चलाउने न हुने हुदा बिभाग को परिप्रत्रा लाई यातायात कर्यालय र ट्राफिक कर्यालय पैसा को भर मा निर्वाह रुपमा पृथ्बी राजमार्ग मा चलाइएको पाइएको छ। रजन्ती चौक देखि रक्स्सौल सम र घणटघर देखि परवानिपुर सर राज्मर्ग भएर इ रिश्सा संचालित छन । पैसा को आड मा ट्राफिक प्रहरी मौन बस्ने गरेका छन । यातायात बयवस्था बिभाग को पत्र को अधार मा कुन कानुन ले उक्त राजमार्ग मा इरिक्सा संचालन गर्न दिएका छ। पैसा को बल मा जे पनि गर्न पाइयो भने सबित हुन्छ।

 

 

 

Leave A Reply

Your email address will not be published.