Online News Portal

उपेन्द्र यादवको पराजयको मुख्य कारण चिनियाँ प्रेम

195

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फारकिलो मतले पराजित भएका छन्।

यादव र राउत सप्तरी- २ बाट उम्मेदवार बनेका थिए। दुई ‘हेबिवेट’ नेताको यो प्रतिस्पर्धालाई चासोपूर्वक हेरिएको थियो। तर बुधबार सम्पन्न अन्तिम मत परिणाममा राउतले यादवभन्दा दोब्बर मत ल्याउँदै सानदार जित हासिल गरे। पराजय हुनु एउटा विषय हो। तर जुन मतान्तरसहित यादव पराजित भए। त्यसले उनका कार्यकर्तालाई पीडा दिएको बुझ्न सकिन्छ। उनीहरुले सामाजिक सञ्जालमा व्यक्त गरेको भाषाले उनीहरुको पीडालाई प्रष्ट पार्छ। अर्कोतिर, जनमत पार्टीका नेता तथा कार्यकर्तामा भने उत्साह बढेको छ।

जानकारहरु यादवको पराजयमा मूलभूत रुपमा कारण ‘उपेन्द्र यादव को चिनिया प्रेम’ प्रस्तुत गर्छन्। जसले यो हार अनपेक्षित होइन भन्ने संकेत दिन्छ। उपेन्द्र यादवको चीन र चिनियाँ कम्युनिष्ट पार्टीसँग बढ्दो निकटताका कारण मधेसी जनताले अस्वीकार गरेका छन् । प्रारम्भिक दिनमा उपेन्द्र यादवले आफ्नो पार्टीलाई मधेसी पार्टीको रूपमा प्रचार गर्थे तर बिस्तारै बिस्तारै उपेन्द्र यादव चीन र चिनियाँ कम्युनिष्ट पार्टीसँग नजिक भए । यही निकटतापछि उपेन्द्र यादवले आफ्नो मधेसवादी एजेन्डा सदाका लागि त्यागे ।

गत वर्ष उपेन्द्र यादवले चिनियाँ कम्युनिष्ट पार्टीको एउटा कार्यक्रममा भाग लिएका थिए । त्यो कार्यक्रम नेपालका कम्युनिष्ट पार्टीका लागि आयोजना गरिएको थियो तर उपेन्द्र यादव कम्युनिष्ट नभए पनि त्यसमा सहभागी भए र त्यस्ता गतिविधिले चीनसँगको निकटता बढायो । भारतसँग नजिक भएको महसुस गर्ने मधेसी जनताले उपेन्द्र यादवको चीनसँगको निकटतालाई स्वीकार गरेनन् र यही नै उपेन्द्र यादवको विनाशकारी पराजयको प्रमुख कारण बनेको छ ।

Leave A Reply

Your email address will not be published.