Online News Portal

स्व. पत्रकार सर्राफको परिवारलाई वीरगंज महानगरद्वारा आर्थिक सहयोगको घोषणा

276

वीरगंज (पर्सा), २५ मंसिर / वीरगंजका युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगंज महानगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार रेडियो वीरगंज परिसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरे ।
सर्राफको निधनले पर्सेली पत्रकारितामा कमी महशुस गराएको भन्दै मेयर सिंहले उनको सम्झनामा पत्रकार महासंघ तथा पत्रकारसम्बद्ध संस्थाको अगुवाईमा स्मृति कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ उपब्ध गराउने पनि बताए । यस्तै उनले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जिम्मा महानगरले लिने भन्दै उनको इच्छा बमोजिमको विद्यालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताए ।
यस्तै स्वर्गीय सर्राफको परिवारलाई रेडियो वीरगंजले १ लाख, समाजवादी प्रेस संगठनले १ लाखको चेक हस्तान्तरण गरेका थिए भने भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका नेता तबरेज अहमदले स्मृत्ति कोष स्थापना गर्दा आफ्नो १ महिनाको तलब बराबरको रकम ५० हजार कोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
रेडियो वीरगञ्जका अध्यक्ष ध्रुव साहको सभापतित्वमा भएको श्रद्धाञ्जलीसभामा पर्साका पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी सहभागि रहेका थिए । कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनका पर्सा जिल्ला अध्यक्ष मनोज पटेलले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.