Online News Portal

बारामा एक भारतिय नागरिकलाइ गोलि हानी हत्या।

270

बारा ,पौस ८
बारा महागढिमाई नगरपालिकाको बरियारपुर नजिकै रहेको भूतही पुल नजीक दिउँसो करिब ५:३० बजे को समयमा एक भारतिय नागरिकलाई गोली हानिएको छ । भारत बिहारको छौडादानोका अन्दाजी ५० बर्षको शिवपुजन राय यादव नाम बताईएको ब्यक्तिलाई दुई वटा ईन्डियन नम्बर प्लेट मोटरसाइकल बाट आएका ५ जनाले गोलि हानेर भागेका प्रत्यक्षदर्शीले बताएका छन ।

घाईतेको छातिमा एक गोलि गोलि लागेको थियो। घाइतेलाई एलएस न्यूरो अस्पताल परवानिपुर गाउपालिका ५ मा लगिदा रायको ज्यान गैसकेको अस्पतालका प्रशासन ईन्चार् बिनोद पटेल ले जनाएका छन ।नेपालमा खुला सिमा नाका का कारन बिना भन्सार तथा इन्नटि बिना को सवारी निर्वाह रुपमा सन्चालन हुदा पनि सो को रेकर्ड सिमा मा खटने सुरक्षा कर्मी ले राखने गरेका छैन।

Leave A Reply

Your email address will not be published.