Online News Portal

कट्टी मठकै जग्गामा मधेश विश्वविद्यालयको शाखा राख्न युवाहरु जागरुक ।

925

पर्सा १६ ,कृष्ण  कुशवाहा

वीरगन्ज । पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं २ स्थित रहेको श्री राम जानकी मन्दिरको जग्गामा मधेश विश्वविद्यालयको एउटा शाखा राख्न युवाहरु जागरुक भएका छन् ।

पत्रकार बिन्दूबुषण साहको अगुवाइ र कृष्णा कुशवाहा लगायत पाकहा मैनपुर र कालिकामाई गाउँपालिकाका शिक्षा प्रेमी , समाजसेवी लगायत युवाहरुको सहभागिता भएको भेला कट्टी मठकै जग्गामा मधेश विश्वविद्यालयको एउटा शाखा राख्न युवाहरु लागी परेका छन् ।

मधेश विश्वविद्यालयको एउटा शाखा राख्न २५ देखि ३० बिगाहा क्षेत्रफल रहेको जग्गा किन्नु भन्दा श्री राम जानकी मन्दिरको नाम रहेको २५ बिगाहामा मधेस विश्वविद्यालय बनाउन उपयुक्त भएको भन्दै युवाहरु जागरुक भएका छन् ।

पकहामैनपुर र कालिकामाई गाउँपालिका युवाहरुले मधेस विश्ववद्यालयको एउटा शाखा राख्न कट्टी मठकै जग्गा राम्रो भएको भन्दै यस क्षेत्रका सांसद राजकुमार गुप्ता प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री र मधेश विश्ववद्यालयका उपकुलपति डा दीपक शाक्यसँग भेट गरी विश्व विद्यालयको एउटा शाखा राख्ने विषयमा उहाँहरूले आवश्यक पहल गर्ने चाहिने बेला हामी आफै उपस्थित हुने युवाहरुले बताएका छन् ।

पकहा मैनपुर गाउँपालिका वडा नं २ मा पर्ने गुठी संस्थान अन्तरगत करिब ३० बिगाहा जग्गा रहेको छ । विगतका दिनमा गाविस हुँदा पनि वीरगन्ज विश्व विद्यालयको लागि पनि सो जग्गामा विश्व विद्यालय बनाउनु पर्ने आवाज उठेको थियो ।

Leave A Reply

Your email address will not be published.