Online News Portal

ताइवानी हवाई क्षेत्रमा चिनियाँ लडाकु विमानको अतिक्रमण दोब्बरले बढ्यो

120

काठमाडौँ– ताइवानी हवाई रक्षा क्षेत्रमा चिनियाँ लडाकु विमानको अतिक्रमण सन् २०२२ मा झण्डै दोब्बरले बढेको पाइएको छ । चीनले ताइवानविरुद्ध सैनिक आक्रमणको धम्की र उत्तेजनालाई तीव्र बनाइरहेका बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

यो वर्ष चीनबाट ताइवानी हवाई रक्षा पहिचान क्षेत्र (एडीआईजेड) मा १ हजार ७ सय २७ वटा लडाकु विमानले अतिक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

यसअघि सन् २०२१ मा ९ सय ६० र सन् २०२० मा केबल ३८० वटा चिनियाँ लडाकु विमानले ताइवानी हवाई रक्षा क्षेत्रको अतिक्रमण गरेका थिए ।

यस वर्षको अगस्ट महिनामा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले ताइवानको आसपास विसाल सैनिक अभ्यास गरेको थियो ।

चीनले ताइवानको हवाई रक्षा क्षमता जाँच्न लडाकु विमान त्यसतर्फ पठाउने गरेको सुरक्षाविदहरु बताउँछन् ।

Leave A Reply

Your email address will not be published.