Online News Portal

बाराको महागढीमाइ नगरपालिका स्थित इनर्वाचौकमा टावर लाइट जडान

135

बारा, ०१ माघ

बाराको महागढीमाइ नगरपालिका वडा नं. २ स्थित इनर्वा चौकमा टावर लाइट जडान गरिएको छ । टावर लाइट महागढीमाइ नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले आज माघे सक्रान्तिको शुभ दिन पारेर विधिवत रुपमा उद्घाटन गर्नुभएको छ ।
मेयर यादवले स्विच अन गरेर बतिको उदघाटन गर्नु भएको हो । उक्त कार्यक्रममा नगरका नगरबासी लागयत बिभिन्न राजनीतिक दलका प्रतिनिधि, ब्यापारी, सुरक्षाकर्मी, पत्रकारहरुको उपस्थिति रहेको थियो।


सो टावर लाइटको बतिले इनर्वा चौक झिलिमिली भएको छ । उक्त्त टावर लाइट १४ लाखको लागतमा निर्माण भएको हो । आउदो दिनमा आवश्यकता अनुसार क्रमस नगरको विभिन्न वडामा अवस्थित हाट बजारमा टावर लाइट जडान गर्ने योजना रहेको मेयर उपेन्द्र प्रसाद यादवले बताए ।

Leave A Reply

Your email address will not be published.