Online News Portal

रवि लामिछानेलाई उन्मुक्ति दिए राष्ट्रियता नै खतरामा, नेपाल सिक्किमीकरण हुने खतरा

149

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले एकै समयमा दुई देशकाे नागरिकता लिएकाे स्विकार गरेका छन् ।

सर्वाेच्च अदालतलाई पठाएकाे जवाफमा लामिछानेले नेपाली नागरिकता नत्यागी अमेरिकी नागरिकता लिएकाे र पछि नेपाल फर्केर अमेरिकी नागरिकता त्यागेकाे तर नयाँ नेपाली नागरिकता नबनाएकाे जवाफ दिएका हुन् । आफू नेपाली भएकाे र पुरानै नागरिकताले कामकारबाही सुरू गरेकाे दाबी उनले गरेका छन् ।

नेपाल नागरिकता ऐन २०६३ मा विदेशी नागरिकता लिनुअघि नेपाली नागरिकता त्यागेकाे जानकारी गराउनुपर्ने व्यवस्था छ । ऐनको दफा १०(२) को याे व्यवस्था पालना नगरेका लामिछानेले पछि विदेशी नागरिकता त्याग्दा पुन नेपाली नागरिकताकाे प्रतिलिपि लिनुपर्ने  दफा ११ को व्यवस्था पनि पालना गरेनन् । दुबै देशकाे नागरिकता एकसाथ बाेकेका लामिछानेले अदालतमा आफू नेपाली नागरिक भएकाे भन्दै  वैधानिकताकाे दाबी गरेका छन् ।

लामिछानेले २०५० सालमा काठमाडौ जिल्ला प्रशासनबाट लिएको नेपाली नागरिकता कायम भएकै बेला २०७०/११/९ अमेरिकी नागरिकता लिएको स्विकार गरेका छन् ।  एकै समय दुई देशको नागरिकता बोक्नु वैधानिक भएकाे दाबि उनकाे जवाफमा देखिन्छ । त्यतिमात्रै हाेइन अमेरिकाको पासपोर्ट हुँदाहुँदै नेपालको पासपोर्ट लिएको तर प्रयोग नगरेको दाबि लामिछानेले गरेका छन् । तर राहदानी ऐनअनुसार याे फौजदारी कसुर हाे । यसमा तीन वर्षसम्म सजाय र जरिवाना हुनुपर्छ । तर लामिछानेको हकमा सर्वाेच्चले अन्तरिम आदेश समेत दिएकाे छैन ।

लामिछानेले स्विकारिसकेकाे अवस्थामा न्यायालयबाट उन्मुक्ति पाए भने यसले देशकाे राष्ट्रियता नै संकटमा पर्ने चिन्ता विज्ञहरूले गरेका छन् । रविकाे उन्मुक्तिले एकसाथ दाेहाेराे नागरिकता र पासपोर्ट लिन पाउने नजिर बन्ने र नेपालजस्ताे अल्पविकसित देशका लागि याे आत्मघाति बन्ने एक परराष्ट्र मामिला जानकारले बताए । त्यसपछि नेपाल र भारतकाे नागरिकता लिनेहरू पनि बढ्ने र यसले मधेशमा ठूलाे समस्या ल्याउने चिन्ता उनकाे छ ।

नागरिकता र पासपोर्टकाे किनबेच तथा नेपालकाे अस्थित्वमाथि नै संकट आउने, सिक्किमीकरणकाे बाटाेमा अग्रसर हुने खतरा उनले देखाए । नागरिकतामा कडाइ गर्नुपर्ने, बहुदलपछि वितरण गरिएका नागरिकता छानविनकाे आवाज उठिरहेका बेला लामिछानेको मुद्दा निर्णायक बन्ने जानकारहरू बताउँछन् ।

Leave A Reply

Your email address will not be published.