Online News Portal

किर्ते मुद्दामा डाबर नेपालका कर्मचारी श्रीमती सहित प्रहरी हिरासतमा

336

 

वीरगंज (पर्सा), १४ माघ ।
जग्गा किर्ते गरेको आरोपमा डाबर नेपालका एक कर्मचारी श्रीमती सहित प्रहरी हिरासतमा परेका छन् । बारा जिल्ला रामपुर टोकनी स्थित डाबर नेपालमा कार्यरत बारा जिल्ला फेटा गाउँपालिका वडा नं. १ भलुही टोल निवासी रामबहादुर साह र उनकी श्रीमती संगिता देवी साह प्रहरी हिरासतमा परेका हुन् । डाबर नेपालका कर्मचारी रामबहादुर साहले आफ्नो श्रीमती संगिता देवीको नाममा वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा टोल स्थित साढे ७ धुर जग्गा खरिद गरि किर्ते गरि १० धुर बनाएको आरोपमा जिल्ला अदालतको आदेशमा श्रीमान श्रीमती मुद्दामा परेका छन् ।
डाबर नेपालको उच्च पदमा कार्यरत साह ऐलानी जग्गा तथा एकजनाको निजी जग्गा अतिक्रमण गरि लालपुर्जा, नयाँ नापीको श्रेस्ता, नक्सामा किर्ते गरेको आरोपमा जिल्ला अदालतमा परेको उजुरीको आधारमा जिल्ला अदालतको आदेशमा पर्सा प्रहरीले श्रीमान् श्रीमतीलाई गत बुधबार हिरासतमा लिएको हो । विगत ४ वर्षदेखि छिेमकी बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी अरुण कुशवाहाले दिएको मुद्दाको आधारमा पर्सा प्रहरीले हिरासतमा लिएको हो । साहले भिस्वा स्थित खरिद गरेको किता नं. २५७७ को साढे ७ धुर जग्गालाई किर्ते गरि १० धुर जग्गा बनाएका हुन् । जग्गा छेउमा रहेको ६ धुर ऐलानी जग्गालाई अतिक्रमण गरि घर निर्माण गरेका साहले आफ्नो घरको उत्तरपट्टि रहेको निजी जग्गालाई पनि अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरेका हुन् ।
निजी जग्गा अतिक्रमण गरे भौतिक संरचना निर्माण गरेपछि जग्गाधनी अरुण कुशवाहाले कानूनी उपचार खोज्दै वीरगंज महानगरपालिकादेखि जिल्ला अदालतसम्म पुगेका हुन् । जिल्ला अदालतको आदेशमा पर्सा प्रहरीले हिरासतमा लिएको बताइएको छ । श्रीमान् श्रीमतीद्वय अहिले पर्सा प्रहरीको हिरासतमा रहेका छन् । निजी जग्गा अतिक्रमण गरि भौतिक संरचना निर्माण गरेपछि छिमेकी जग्गा धनी विगत ३ वर्षदेखि व्यवहारिक रुपमा आग्रह गर्नुको साथै भद्रभलादमीहरुको रोहबरमा पञ्चायती गर्दै आएका छन् । तर साहले कसैको कुरा नसुनी पैसाको आडमा धाँधली गर्दै आएका थिए ।
अतिक्रमण गरेको संरचना हटाउन छिमेकी जग्गाधनी अरुण कुशवाहा विगत ३ वर्षदेखि नगरपालिकालाई लिखित निवेदनको साथै आग्रह गर्दै आएका छन् । वीरगंज महानगरपालिकामा लिखित निवेदन दिए पश्चात नगरपालिकाले पनि विगत ३ वर्षदेखि अतिmत्रमित जग्गा खाली गर्न पटक पटक पत्र काट्दै आएको छ । तर ति पत्रलाई पनि वेवास्ता गर्दै साहले हालसम्म अतिक्रमित जग्गा खाली गरेका छैनन् । साहले आफ्नो साढे ७ धुर जग्गाको महानगरपालिकाबाट नक्सा पास गरि संरचना निर्माण गर्दा पनि नक्सा विपरित घर निर्माण गरेका हुन् ।
घर निर्माण गर्दा बखत नै साहले १ फिट निजी जग्गा अतिक्रमण गरि तीन तल्ले घर निर्माण गरेका हुन् । त्यस बखत पनि छिमेकी कुशवाहाले जग्गा अतिक्रमण नगर्न आग्रह गर्दा मानेनन् । त्यस पश्चात पनि उनको जग्गासँगै रहेको ६ धुर ऐलानी जग्गामध्ये ३ धुर ऐलानी जग्गा अतिक्रमण गरि घर बनाएका हुन् । ऐलानी जग्गाको साथसाथै निजी जग्गा पनि अतिक्रमण गरेपछि अक्रिमित जग्गा धनी जिल्ला अदालतलाई गुहारेका थिए ।

Leave A Reply

Your email address will not be published.