पर्सामा जनमत पार्टीको लहर
वीरगञ्ज १५ माघ
हिजो जनमत पार्टी पर्सा क्षेत्र न.४ धोबनी गाउं पालिका वार्ड न.२ असवारी गाउ मा जनमत पार्टी को सदस्यता वितरण तथा जनमत जन जागरण कार्यक्रम भब्य रुपमा समापन भएको छ |
जनमत का पर्सा जिल्ला का नेता डा. अजय यादव ज्यूको अध्यक्षता मा कार्यक्रम को संचालन रामनरेश पटेल ज्युले गर्नु भएको थियो |कार्यक्रममा प्रमुख अतिथि को रुपमा आसन ग्रहण गर्नु भएका इन्दल राठोर को साथै पर्सा जिल्ला का पूर्व जिल्ला इन्चार्ज चन्दन चौहान, पूर्व जिल्ला सचिव बिनय यादव, नजमा खातुन, राजेश चौरसिया, दिपेन्द्र यादव जस्ता नेता तथा कार्यकर्ताहरुले आफ्नो मन्तब्य जनता सामु राखे |
सहभागी सबै नेता तथा कार्यकर्ताले आफ्नो हाथले सदस्यता वितरण गर्दै फूलमाला तथा खादा ओढाई पार्टी प्रवेश गराएका थिए |
कार्यक्रम का अध्यक्ष डा. अजय यादव ले यो कार्यक्रम, पछिल्लो संसदीय चुनाव पछिको को सबै भन्दा ठूलो पार्टी प्रवेश कार्यक्रम भएको जहाँ सयौ जनाले जनमत को सदस्यता लिएको भन्ने जानकारी गराएका छन् |
सम्पूर्ण नेता कार्यकर्ताले जनता सामु सुसाशन कायम गर्न जनमत लाई अब को आउने चुनाव मा सबै भन्दा ठूलो पार्टी बन्ने जानकारी गराए तथा आफुहरुले सरकार,सदन र सडक बाट जनता को पक्षमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे | यसको उदाहरण दिदै अध्यक्ष डा. यादवले भने – “नेपाली राजनीति को इतिहासमा पहिलो पटक कुनै पार्टी को अध्यक्षले कैबिनेट मा आफ्नो निम्ति मन्त्रालय नलिई बरु जनताले दिएको सामर्थ्य अनुसार सदन बाट शासक को असली अनुहार उदांगो बनाउनु पनि रहेको छ र यस्ता थुप्रै कामहरु अझै जनता को पक्षमा हुन गई रहेको जानकारी पनि दिए “|
धोबीनी गाउपालिका वार्ड नं २ का श्री राजेन्द्र पटेल, राम रतन पटेल ज्यू सहित सहभागी अन्य स्थानीय यस कार्यक्रममा सहभागी हुदाँ गर्व महसुस गरेका छन् , साथै उहाँहरुले अब को दिनमा जनमत पार्टी अझै सशक्त रुपमा उपस्थिति देखाउन सक्ने बिश्वाश लिएका छन् |
कार्यक्रम मा सांस्कृतिक झलक पनि समावेश गर्दै रामनरेश पटेल, नजमा खातुन, इन्दल सिंह राठोर ले जनता भोगेको दुखका कथालाई भोजपुरी तथा हिन्दीमा गीत र क्रान्तिकारी कविताको वाचन गरेका थिए जसले जनतामा गहिरो असर गरेको कार्यक्रममा सहभागी अर्का नेता दिपेन्द्र यादब को थियो |