Online News Portal

रेडक्रस बाराको नयाँ कार्यसमिति चयन

296
वीरगंज, १५ माघ
हिजो बारामा शनिबार नेपाल रेडक्रस सोसाईटी बारा नयाँ कार्यसमिति चयन भएको छ । सम्मपन्न निर्वाचनमा नेपाल रेडक्रस सोसाईटी बारा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा सभापति १ जना, उपसभापति २ जना मन्त्री १ जना, कोषाध्यक्ष १ जना, उपमन्त्री १ जना, सहकोषाध्यक्ष १ जना, महिला सदस्य ३ जना तथा खुल्ला सदस्य ७ जना गरी १७ जना नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकारी बिरेन्द्र राज कँडेलले बताउनु भयो ।
सभापतिमा राजेन्द्र सिंह खड्का, महिला उपसभापतिमा ईश्वरी ठाकुर, उपसभापतिमा शम्भु प्रसाद, मन्त्रीमा धीरेन्द्र यादव, कोषाध्यक्षमा उदय कुमार नेपाल निर्वाचित भएका हुन । आजै नव निर्वाचित कार्यसमितिलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण सम्पन्न भएको छ ।
Leave A Reply

Your email address will not be published.