Online News Portal

नेपाललाई हिन्दू राष्ट्रका कस्सिए शशांक कोइराला, पैसाको खोलो बगाइरहेका क्रिश्चियनहरुको सातो गयो

195

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानको थालनी गर्नुपर्ने बताएका छन् ।

देशमा क्रिश्चियनहरुले पैसाको खोलो बगाएर धर्म परिवर्तन तथा सनातम धर्मविरुद्ध निरन्तर प्रहार गरिरहेका बेला शशांक सशक्त रुपमा जनताको भावनाअनुसार हिन्दू राष्ट्रको अभियानमा जोडिएका हुन् । त्यसो त कांग्रेसभित्र थुप्रै नेताहरु हिन्दुराष्ट्रको पक्षमा छन् । शशांकका पिता विपी कोइराला पनि सनातम धर्म संस्कृतिको संरक्षणमा जोड दिन्थे ।

शशांकले देशमा जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए । संविधान बनाउँदा धर्मनिरपेक्षताबारे जनमतसंग्रह गरिए पनि त्यसलाई समावेश नगरि विदेशीको दबाबमा जबर्जस्ती धर्मनिरपेक्ष राष्ट्र बनाइएको थियो । त्यसलाई करेक्सन गर्ने बेला आएको शशांकले बताए ।

नेपालमा बहुसंख्यक नेपाली हिन्दु रहेको र धर्म निरपेक्षताले धर्म परिवर्तन गराउनेलाई बाटो खोलेको भन्दै शशांक त्यसविरुद्ध उत्रिएका हुन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी भएका शशांकले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताए । जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्ने उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.