Online News Portal

अफगानिस्तानमा तालिबानी सेनाको कारवाहीमा आइएस कमाण्डर मारिए

139

काठमाडौं । अफगानिस्तानको राजधानीमा कूटनीतिक नियोगहरूविरुद्ध हमला गर्ने योजना बनाएको इस्लामिक स्टेट्सका कमाण्डरलाई तालिबान सेनाले मारेको एक सरकारी अधिकारीले बताएका छन् ।

अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा हिंसा नाटकीय रूपमा घटेको छ । तालिबान सेनाले आइएसका क्षेत्रीय गुप्तचर तथा सञ्चालन प्रमुख कारी फतेहलाई आइतबार राति गरेको एक कारबाहीको क्रममा मारिएको तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक विज्ञप्तिमा भनेका छन् ।

‘काबुलमा कूटनीतिक नियोगहरू, मस्जिदहरू र अन्य लक्ष्यहरू विरुद्धको हालैका कारबाहीहरू प्रत्यक्ष रूपमा मास्टरमाइन्ड गरेका थिए’, मुजाहिदले विज्ञप्तिमा थप जानकारी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘काबुलको खैरखाना क्षेत्रमा रहेको अर्को एक कारबाहीमा एक अन्य आईएस सदस्य मारिएका छन् ।’ उक्त छिमेकका बासिन्दाहरूले आइतबार राति ठूलो आवाजमा गोली चलेको जानकारी दिएका थिए ।
Leave A Reply

Your email address will not be published.