पश्चिमा देशकाे आराप खेपिरहेकाे चीनको युक्रेन शान्ति योजनामा बेलारुसको समर्थन
एजेन्सी,
बेइजिङ ।
बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले चिनियाँ समकक्षी सी जिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि बेइजिङको प्रस्तावलाई आफ्नो देशले ‘पूर्ण समर्थन’ गरेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर समर्थक लुकासेन्कोले युक्रेनमा मस्कोको युद्धबारे धारणापत्र प्रकाशित गरेपछि लुकासेन्को चीनको राजधानी बेइजिङको भ्रमणमा छन् ।
मस्कोले आफ्नो युरोपेली छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्न असफल भएको भन्दै पश्चिमी देशहरूले चीनको आलोचना गर्दै आएका छन् । संयुक्त राज्य अमेरिका र नेटोले हालै रुसलाई हतियार स्थानान्तरण गर्नेबारे विचार गरिरहेको हुन सक्ने दाबीप्रति उग्र प्रतिक्रिया व्यक्त गरेको छ ।
उक्त पत्रमा युक्रेनका सहयोगीले शंका व्यक्त गरेका थिए भने रुसले उक्त प्रस्तावलाई स्वीकार गरेको थियो तर द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि ‘अहिले’ सर्तहरू नभएको बताएको थियो ।
लुकासेन्कोले आफ्नो भ्रमण र चिनियाँ अधिकारीसँगको भेटवार्ताबारे भने, ‘आजको बैठक अत्यन्त कठिन समयमा भइरहेको छ, जसले नयाँ दृष्टिकोण र जिम्मेवार राजनीतिक निर्णयको माग गर्छ । ‘युद्धले कसैको पनि विजय नहुने हुँदा उनीहरूलाई सबैभन्दा पहिले विश्वव्यापी मुठभेडमा फस्नबाट रोक्नका लागि लक्षित हुनुपर्छ,’ उनले भने, ‘त्यसैले बेलारुस सक्रिय रूपमा शान्ति प्रस्तावहरू लिएर आइरहेको छ, र तपाईंले अगाडि सारेको अन्तर्राष्ट्रिय सुरक्षाको पहललाई पूर्ण समर्थन गर्छ ।’ बेलारुसले चीनसँग प्राविधिक सहयोग बढाउन चाहेको पनि उनले बताए ।