Online News Portal

बेल्जियममा चाइनिज एप टिकटकलाई प्रतिबन्ध लगायो

147

एजेन्सी । बेल्जियममा सरकारी कार्यालयहरुमा प्रयोग गरिने मोवाइलमा रहेका चाइनिज एपलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
बेल्जियमका प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोले शुक्रबार संघीय सरकारका कर्मचारीहरूलाई आफ्नो कामको फोनमा टिकटक प्रयोग गर्न अनुमति नदिने घोषणा गरेका हुन् ।
“हाम्रो जानकारीको सुरक्षा प्रबल हुनैपर्छ,” क्रोले भने, टिकटकले जोखिम खडा गर्छ किनभने यसको मूल बाइटडान्स चीनसँग सहयोग गर्न आवश्यक छ । अमेरिका, ईयू र क्यानडाले पहिले नै सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाइ सकेका छन् ।

Leave A Reply

Your email address will not be published.