Online News Portal

एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढेकोमा भारतको चिन्ता

145

एजेन्सी –   एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा भारतले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघमा भारतीय प्रतिनिधि रुचिरा कम्बोजले एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी हुन् ।

राष्ट्रसंघको राजदूतस्तरीय प्रतिआतंकवाद ब्रिफिङलाई सम्बोधन गर्दै उनले आतंकवादले विश्व सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यसको निवारणका लागि भारत तत्पर रहेको समेत स्पष्ट पारिन् । पूर्ण रुपमा आतंकवाद निवारण नभएसम्म भारत चुप लागेर नबस्ने उनको भनाइ छ ।
उनले आतंकवादी गतिविधि निवारणका लागि पछिल्ला केही वर्षयता भारतले राष्ट्रसंघीय प्रतिआतंकवाद कार्यालयलाई २० लाख अमेरिकी डलर योगदान गरेको स्मरण गर्दै उनले यसलाई निरन्तरता दिने समेत बताइन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार विश्वव्यापी प्रतिआतंकवाद रणनीतिमा सबै मुलुकको सहभागिता रहनुपर्नेमा पनि जोड दिइन् ।

Leave A Reply

Your email address will not be published.