Online News Portal

पाकिस्तानका पुर्ब प्रधानमन्त्री ईमरान अदालतमा हाजिर हुने

139

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तोशाखाना मुद्दामा शनिबार अदालतमा उपस्थित हुने भएका छ्न  ।

यस मुद्दामा पूर्वप्रधानमन्त्री खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको थियो । त्यसपछि उहाँलाई १८ मार्चमा अदालतमा उपस्थित हुन भनिएको थियो । मुद्दाको सुनुवाई गर्ने ठाउँ पनि परिवर्तन भएको छ । सुनुवाई इस्लामावादको सत्र अदालतको सट्टा न्यायिक कम्प्लेक्समा हुने बीबीसीले जनाएको छ ।

तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख समेत रहनुभएका पूर्वप्रधानमन्त्री खानले आफ्नो सुरक्षाको बारेमा चिन्ता व्यक्त गर्नुभएको थियो । जसका कारण खानले अदालतमा उपस्थित हुन नसक्ने बताउनुभएको थियो । यसैलाई मध्यनजर गर्दै मुद्दाको सुनुवाईको स्थान परिवर्तन गरिएको जनाइएकाे छ ।

अदालतले खानलाई चैत २८ गतेसम्म जमानत दिएको बीबीसीले उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.