तस्करको ग्रान्ड प्लानिङ्ग मा फसे २ जना बेकसुर पत्रकार
वीरगंज महानगरपालीका वडा नं १६ को इनर्वामा आईतबारको दिन राती ७ बजेको आसपासमा २ जना पत्रकालाई तस्कर समुहले ग्रान्ड प्लानिङ्ग बनाई इनर्वा चौकमा कुटपीट गरेका छन। खबर वीरगंज मिडियाको सञ्चालक राज किशोर भगत र एस मिडिया पर्साको सञ्चालक सन्दिप कुमार कुशवाहा यस ग्रान्ड प्लानिङ्गको सिकार बनेका छन्। विगत केही दिनदेखि तस्करीको समाचार केही अनलाइन मीडियाकाे समाचारमा प्रकाशन भएको थियो।
सत्रुधन यादवको नाम हरेक समाचारमा भएका कारण उनीसँग विस्तृत जानकारी र फोटो खिच्न पुगेका २ पत्रकारलाई बिजुलीको पोलमा बाँधेर ज्यान मार्ने उद्देश्यले कुटपीट गरेका छन्। उनी पत्रकारहरूलाई भने सत्रुधन यादवले म कलैया जाँदैछु हजुरलाई आउँन ढीलो हुन्छ, म एकजना भाइलाई हजुरको मोबाईल नम्बर दिएको छु त्यो भाई संग भेटनु त्यो सम्पुर्ण जानकारी दिन्छ। त्यो दुई जना पत्रकारहरु इनर्वा चौक मा पुग्दा नरेश दास नामको ब्यक्तीले मोटरसाईकल रोकी तिमीहरू पत्रकारहो भनी दुबैजना माथि हात मुका र पञ्च ले कुटपीट गरेका छन्।
नरेश दासले पटक पटक एउटै कुरा सोधेको छ कि तिमीहरू किन शत्रुधन यादव को समाचार लेखिस्, जबकी यो २ दुई जना पत्रकारहरुको अनलाईन समाचारमा त्यस्तो कुनै किसिमको समाचार प्रकाशन भएको छैन्। चौकबाट कुटपीट गर्दै गाउँको बिचमा रहेको चौकमा बिजुलीको पोलमा बाँधेर नरेश दास र अन्य २५/३० जनको समुहले ज्यान मार्ने गरि कुटपीट गरेकाे भिडियो अहिले सोसल मिडियामा भाइरल भएको छ। मोटरसाईकल रोकी जबरदस्ती हातमा पैसा राखी त्यसको भिडियो समेत बनाई उनी २ जना पत्रकारको चरीत्र हत्या गरेका छन। असब्द भाषा र हात, मूका, पञ्च प्रयोग गरी कुटपीट गरेका छन।
इनर्वा गाउँ चौकमा मोटरसाइकल रोकेको ठाँउ बाट मात्र ३० फिटको दूरीमा रहेको इनर्वा गाउँ चौकीमा रहेका प्रहरीले त्यस्ताे चर्को आवाजमा गाली गर्दै कुटपीट गरेकाे आवाज कसरी चौकीमा रहेका प्रहरीले सुनेनन्। आखिर त्यहाँ चौकीमा रहेका प्रहरी काहा थिएँ? त्यो दिन अन्य कूनै ठाउँमा झैझगडा पनि भएको थिएन, कही आगलागी पनी भएको थिएन् भने चौकी छाेडेर प्रहरि कहा पुगे यो प्रश्न अगाडी आउँछ। यता तिर निवेदन र जाहेरी दिएको आज ४ चार दिन भएपनि मात्र १ एक जनाको पक्राऊ भएको छ। की सन्तुष्टि को लागि मात्र एक जनालाई नियन्त्रणमा लिएर राखिएको होकी यो पनि प्रश्न धेरैको मनमा आएको होला जस्तो देखिन्छ। यता सामाजीक सञ्जालमा विभिन्न किसिमका कुराहरु लेखी त्यो २ दुई जना पत्रकारहरुको चरीत्र हत्या ३ दिन देखी हुँदै आएको छ।
के पत्रकार महासंघमा सदस्यता न लिएको ब्यक्ती पत्रकार होइन? कोई अलिकति पनि शब्द गलत भएमा पत्रकार महासंघ ले ( यस्तो विषयमा पत्रकार महासंघको गम्भीर ध्यााकर्षण भएको छ) भनी प्रेस विज्ञप्ति प्रकाशन गर्ने गरेकाे छ तर पत्रकार को चरित्र हत्या, कुटपिट, लुटपाट, भएपनि अहिलेसम्म कुनै किसिमको प्रेस विज्ञप्ति प्रकाशन गरेकाे छैन्। अहिले देशमा स्वतंत्र भएर पत्रकारिता गर्दा सम्पूर्णले यस्तो अवस्था आएमा आफै सकेसम्म कारवाही गर्नु पर्छ जस्तो लाग्छ। कुनै मिडियाको सञ्चालक के पत्रकार होइन? जरुरी छकि पत्रकार महासंघ बाट सदस्यता नै चाहिन्छ के त्यो पत्रकार होइन, यति भेदभाव किन? यस्तो अवस्थामा महासंघले केही कारवाही गरेन भने पत्रकार महासंघ केको लागि ?