Online News Portal

परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

90

काठमाडौं– नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । 

आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । साउद परारष्ट्रमन्त्रीमा नियुक्त भएपछि राजदूत श्रीवास्तव उनलाई भेट्न मन्त्रालय पुगेका हुन् । 

भेटमा श्रीवास्तवले नवनियुक्त मन्त्री साउदलाई बधाई दिएका थिए । भेटमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा पनि सामान्य छलफल भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.