Online News Portal

उपेन्द्रको राजनीतिक सुर्य अस्ताउदै, बारा २ मा हार निश्चित छ

217

विगत डेढ दशक देखि मधेशी जनताहरुलाई झुक्याउदै, फकाउदै, लोभ्याउदै राजनीति गर्ने महारथ हाँसिल गरेका उपेन्द्र यादवको कार्यशैलीलाई जनताहरु बुझिसकेको हुँदा उनको हार लगभग सुनिश्चित भएको छ । बारा २ बाट नयाँ अनुहारलाई जनताहरुले अवसर प्रदान गर्ने र उपेन्द्रको विदाई गर्ने मनस्थितिमा पुगेको जनताहरुको राय देखिन्छ ।
मधेशवादको राजनीति सुरु गरेका जसपा अध्यक्ष उपेन्द्र यादव मधेशी मुद्दा एवं नारालाई सत्ता सुख भोग्ने एक माध्यम बनाएको, मधेशवादलाई पुल बनाएर सजिलै संघिय राजधानीको सत्तामा पुग्ने एक मात्रै सपना उनको रहेको कुरा मधेशका जनताहरु राम्ररी बुझिसकेको हुँदा बारा २ मा आउदो आईतवार हुन गईरहेको प्रतिनिधि सभाको उपनिर्वाचनमा हार निश्चित भएको र यहाँबाट नयाँ अनुहार, बाराको धर्ती पुत्र नै जित्ने दाबी गरिएको छ ।
सत्ता पदलोलुप्ताका लागि कहिले एमाले संग र कहिले नेपाली काँग्रेस संग गठबन्ध गरेर सत्ताको स्वाद चाखिसकेको उपेन्द्रको चरित्र एवं व्यवहारबाट नेपाली राजनीतिमा उनलाई अवसवादी नेताको रुपमा चिनिने गरिन्छ । सत्ता, पावर, पैसा, जातिबाद प्रमुख प्राथमिकतामा रहेका यी नेताहरुको अव विदाइको दिन निकै नजिक आईसकेको बाराको जनताहरुको भनाई छ ।
उपेन्द्रको राजनीतिक यात्राको सुरुआत तत्कालिन नेकपा प्रजातान्त्रिकबाट सुरु गरेको भएपनि समय परिवर्तन संगै उनले नेकपा एमाले हुदै नेकपा माओवादी केन्द्रमा समेत रहेर राजनीति गरेका थिए । केही कारणले नेकपा माओवादी केन्द्रले उनी माथि विश्वास गर्न छाडेपछि मात्रै उनी मधेशवादी भएका थिए । यति पार्टी परिवर्तन गर्दै आफू नेतृत्वमा मधेशवादीको पार्टी खडा गरेर विगत दुई दशक देखि मधेशका जनताहरुलाई गुमराहमा पार्दै राजनीतिक गर्दै आएको उनलाई अहिले बारामा जनमत पार्टीले ठूलो चुनौती दिइरहेको छ । केही राजनीति विश्लेशकहरु यहाँ सम्म भन्ने गरेको छ की उपेन्द्रको बाराबाट पनि विदाई हुने निश्चित भईसकेको छ, यहाँबाट जनमत पार्टीले विजयी हुने प्रबल सम्भावना रहेको उनीहरुको राय प्रकट गरे ।

Leave A Reply

Your email address will not be published.