Online News Portal

बारा २ मा जनमत पार्टीका उम्मेदवार कुशवाहाको समर्थनमा नेता महेन्द्र राय यादव

246

काठमाडौं  = मधेशमा निकै चर्चा रहेको बारा २ को उपनिर्वाचनमा निकै रोचकता बढदै गएको छ । उपेन्द्र यादवले आफू चुनाव जित्न आफ्नो परिवार र जातीवादको कुरा गर्दै पैसा बाडने काम शुरु गरेको समाचार बाहिरियो  । बिस्तारै आफ्नो बिरोधमा महौल थाहा पाउँदा उपेन्द्र लगाएत टिम आत्तिएका छ्न । यता जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहाको पक्षमा जनमत बढेको छ ।

नेपाल समाजवादी पार्टी नेता महेन्द्र राय यादव लगाएतका नेताहरू समेत खुलेर नै जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई चुनाव जिताउनको कुनै अर्थ नभएको बताउन थालेका छ्न । नेता महेन्द्र राय का अनुसार उपेन्द्र यादवले जहिले पनि मधेशी जनता र नेताहरुको पिठ्युँ मा  छुरा घोपेका छन । जनतालाई धोका दिने लाई यस पटक जनताले आवश्य पनि सबक सिकाउने छ्न  । चुनाव जितेर जाने र  स्थानीय जनतालाई भुल्ने ,  पटक – पटक मन्त्री बने उपेन्द्र तर पनि मधेशको समस्या जहाँ को तेहि नै रहेको जिकिर गर्न थालेका छ्न । अहिले निर्वाचनमा आएर जनतालाई भ्रममा पार्ने र पैसाको बदौलुत जनतालाई किन्न खोज्ने उपेन्द्रको विरुद्ध जनता जागरुक भएको स्थानीय नेताले बताउन शुरु गरेका छ्न । नेपाल समाजवादी पार्टी नेपालका स्थानीय नेता रमेश यादवका अनुसार उपेन्द्रले आफ्न आसे पासेको भरमा चुनाव जित्न सक्दैनन् उनले मधेसी जनतालाई धोका दिएका हुन । स्थानीय रमेशले भने  हामी आफ्नो धरतीपुत्र कुशवाहा लाई जिताउने जनता बाट अपिल गरेका छौ भन्नू भयो ।

Leave A Reply

Your email address will not be published.