Online News Portal

पाकिस्तानी विदेशमन्त्री विलावललाई “आतंकवाद उद्योगको प्रवद्र्धक को साथै प्रवक्ता” को संज्ञा दिए–एस जयशंकर

89

नयाँ दिल्ली, एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकरले पाकिस्तानी विदेश मन्त्रीलाई “आतंकवाद उद्योगको प्रवद्र्धक को साथै प्रवक्ता” को संज्ञा दिएका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्ना पाकिस्तानी समकक्षी बिलावल भुट्टो जर्दारीलाई ‘आतंकवाद उद्योगको प्रवद्र्धक र प्रवक्ता’ को संज्ञा दिएका हुन् ।
सांघाई सहयोग संगठनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन भारतको गोवा पुगेका पाकिस्तानी विदेशमन्त्रीलाई जयशंकरले यस्तो संज्ञा दिए ।
एस जयशंकरले भने, ‘भुट्टो जर्दारी एससीओ सदस्य देशको विदेशमन्त्रीको रूपमा आएका थिए, यो बहुपक्षीय कूटनीतिको हिस्सा हो र हामीले यो भन्दा बढी केही देख्दैनौं ।’
आतंकवाद विरुद्ध सामूहिक सामना गर्नेबारे पाकिस्तानी विदेशमन्त्रीको आह्वानमा उनले भने, ‘आतंकवादका पीडितहरू आतंकवादको बारेमा छलफल गर्न बसेका छन्, उनीहरु पीडकहरू सँग बस्दैनन् ।’ उनले जम्मु कश्मीर भारतको हिस्सा र अभिन्न अंग रहिरहने समेत बताए ।
सन् २०१४ पछि भारतमा पाकिस्तानबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो । एजेन्सी ।

Leave A Reply

Your email address will not be published.