Online News Portal

पाकिस्तानका कुख्यात आतङ्ककारी मारिए

99

इस्लामाबाद,  । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको प्रहरीले बिहीबार डेरा इस्माइल खान जिल्लामा भएको मुठभेडमा एक जना मोस्ट वान्टेड आतङ्कवादीलाई मारेको  विज्ञप्तिमा उल्लेख  छ ।

प्रहरीका अनुसार जिल्लाको फतेह मोर इलाकामा मोहम्मद इकबाल आलिया बाली खियार नाम गरेका आतङ्ककारी साथीसहित मारिएका हुन् ।

प्रहरीको एन्टी टेररिस्ट स्क्वाडका कर्मचारीले आतङ्ककारीलाई घेरेर आत्मसमर्पण गर्न आग्रह गरे पनि उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेपछि गोली हानाहानमा मारिएको प्रहरीले जनाएको छ ।

खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तहरूले आतङ्कवाद, लक्षित हत्या र फिरौतीका लागि प्रहरी अधिकारी र सर्वसाधारणको अपहरण सम्बन्धी २६ वटा मुद्दामा अत्यधिक खोजीमा रहेका आतङ्ककारीको खोजीका लागि  इनामको घोषणा पनि गरिएको थियो । रासस/सिन्ह्वा

Leave A Reply

Your email address will not be published.