Online News Portal

चीनले नेपाललाई तिब्बत बनाउन खोज्दै अभियानका केन्द्रिय संयोजक यादवले लगाए आरोप

119

बारा– चीनले नेपाल तिब्बत बनाउन खाजेको राष्ट्रिय एकता अभियानका केन्द्रिय संयोजक विनय यादवले आरोप लगाएका छन ।
बाराको कलैयामा शनिवार आयोजित नेपाल प्रति चिनियाँ अभ्यास र असर विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै संयोजक यादवले चीनले अघोषित रुपमा नेपालमा सादा पोशाकमा चिनिया सेना परिचालन गरेर नेपाललाई तिब्बतको अवस्थामा पुर्याउन षडयन्त्र सुरु गरीसकेको दाबी समेत गरे ।
‘अहिले चीनले नेपालमा धार्मिक, शैक्षिक, भाषिक आक्रमण समेत सुरु गरीसकेको छ,’ उनले भने, ‘विगतमा भारतिय विस्तारवादको नारा लगाएर नेपालीलाई उक्साउने चीनले अहिले साँस्कृतिक आक्रमण गरीरहेको छ ।’ चीनले नेपालको केही भुभाग कब्जा गरीसकेको र अहिले देशलाई नै आफ्नो गुलाम बनाउने दिशामा सक्रियता बढाएको उनको भनाई छ ।
चीनले पोखरा विमान स्थल निर्माणमा ऋणको बोझ बोकाएर विमानस्थल नै कब्जा गर्ने दाउ राखेको उनको जिकिर थियो ।
तीन किलोमिटर रनवे भएको लुम्बीनी अन्तराष्ट्रिय विमानस्थल ७ अरबमा निर्माण कार्य सम्पन्न भयो । तर अढाई किलोमिटर रनवे भएको पोखरा विमानस्थल निर्माण गर्न ३२ अर्ब रुपैयाँ खर्च भएको भन्दै उनले आश्चर्य व्यक्त गरे ।
त्यती मात्र होईन । विश्वमा कही विमानस्थलको रनवे ढलान गरेर बनाईएको छैन । तर पोखरा विमानस्थलको रनवे ढलान गरेर बनाईएको छ । यसले अवतरण हुने विमानको लागी समेत अनुकुल नरहेको उनको जिकिर थियो ।
अचालकली चिनीया ऋणको बोझ बोकाईएको पोखरा विमान स्थलले तोकिएको समयावधीमा ऋण तिर्न नसक्ने र पछि विमानस्थल नै ऋणवापतमा चीनले विमानस्थल नै कब्जा गर्ने षडयन्त्रण सुरु गरेको उनको भनाई छ ।
देशका प्रमुख राजनीतिक दलका नेतालाई आर्थिक प्रलोभन दिएर आफ्नो प्रभावमा पारेको संयोजक यादवको आरोप छ ।
नेपाल भरी नै चीनले बुच्चरको रुपमा चिनिया अनुसन्धानकर्तालाई खटाएको र यहाको हरेक गतिविधीको सूचना सुक्ष्म तरिकाले संकलन गरीरहेको उनको दाबी छ ।
युरोपियन युनियन र चीनले आफ्ना दलाल मार्फत नेपालको मौलिकता, भाषा, संस्कृति, शिक्षा माथि निरन्तर प्रहार थालेको र पछिल्लो समय सफल्ता प्राप्त गर्दै गईरहेको जनाउदै आउने दिनमा नेपालको हालत पनि श्रीलंका, पाकिस्तान जस्तै हुने हो कि भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।
नेपाल अहिले चीनको अस्वभाविक ऋणको बोझबाट थिचिदै गएको उनको भनाई थियो । आतंकवादको जरो अमेरिकामा फैलाउन चीनले नै भुटानी शरणार्थीको नाममा चीनिया एजेन्टलाई नेपाली अधिकारीहरुको सहयोगमा भुटानी शरणर्थी बनाएर अमेरिका उडाएको खुलासा उनले गरे ।
गृह मन्त्रालयको संलग्नतामा भएको यो फर्जी कामले विश्वमै नेपालको छवि खराब भएको र यसले नेपाललाई नै आतंकवादीको सूचीमा पार्ने षडयन्त्र भएको उनको भनाई थियो ।
पंचायतकाल देखी षडयन्त्र थालेको चीनले अहिले नेपाल कम्युनिष्ट पार्टीहरुको सहयोगमा नेपाल माथी हाबी भएको उनको भनाई छ । चीनकै हस्तक्षेपको कारण नेपालको राष्ट्रिय एकता खलबलिएको र कमजोर बनेको उनको भनाई छ ।
राजा महेन्द्रकै पालामा ३० किलोमिटर उत्तर तर्फको टिउनी नदी सिमाना सम्मको भुभाग कब्जा गरेर चाईनामा मिसाएको उनले ईतिहास कोट्याउदै बताए ।
त्यती मात्र होईन । चीनले नेपालको हिमालयको उत्तर तर्फको भुभाग समेत कब्जा गरीसकेको उनले जानकारी दिए ।
हालसालै गोरखा जिल्लाको नेपाली गाउ रुई गाउलाई पनि चीनले कब्जा गरी नेपाली सेना परिचालन गरेको उनले खुलासा गरे । प्रदिप ज्ञवाली प्रराष्ट्रमन्त्री भएकै बेला चिनिया सेनाले कब्जा गरेको उनको भनाई छ ।
उक्त अवसरमा संविधान सभासदस्य बीपी यादवले ९० प्रतिशत हिन्दु रहेको नेपाललाई धर्म निरपेक्ष बनाउन चीन र युरोपियन युनियनले नै षडयन्त्र गरेको बताए ।
चीनले विस्तारवाद नीतिलाई सफल बनाउन सनातन धर्मलाई निशाना बनाएर आफ्नो क्रियाकलाप अगाडी बढाएको आरोप समेत उनले लगाए ।
राष्ट्रिय एकता अभियानका जिल्ला संयोजक गोपाल दासको अध्इक्षतामा भएको उक्त कार्यक्रममा अधिवक्ता अजय सर्राफ, मिनेन्द्रलाल कर्ण, किशोरी राम, अमित यादव, रामबाबु साह लगायतकाले निरन्तर रुपमा भईरहेको चिनीया प्रहारको विरोध गरेका थिए ।
राष्ट्रिय विद्यार्थी परिषदका केन्द्रिय संयोजक विवेक कुशवाहाले संचालन गरेको कार्यक्रममा नागरिक समाजका प्रतिनिधी, सनातन धर्मावलम्बी, संचारकर्मी लगायतको उपस्थिती थियो ।

Leave A Reply

Your email address will not be published.