Online News Portal

मुम्बई हमलाका मास्टरमाईन्ड राणालाई अमेरिकाले भारतको जिम्मा लगायो

122

१६६ जनाको ज्यान जाने गरी भारतको मुम्बईमा भएको आक्रमणका एकजना आरोपी तहव्वुर राणालाई भारत ल्याउने बाटो खुलेको छ। सन् २००८ मा भएको उक्त घट्नाका अभियुक्तलाई अमेरिकाले भारतको जिम्मा लगाउन लागेको हो।

तहव्वुर राणा पाकिस्तानी मूलका क्यानेडियन नागरिक हुन् । उनी मुम्वई हमलाका  मास्टरमाईन्ड हुन। राणाले लश्कर–ए–तबैयाका आतंकवादी डेभिड कोलम्यान हेडलीसँग मिलेर २६/११ (२६ नोभेम्बबर) को हमला गराएको अभियोग छ।

भारत सरकारको मागमा राणा तीन वर्षअघि अमेरिकीमा पक्राउ परेका थिए। ६२ वर्षीय राणालाई पक्राउ गर्न माग गर्दै भारतले जुन १०, २०२० मा उजुरी दर्ता गराएको थियो। त्यसको १६ दिनपछि जुन २६ मा अमेरिकी प्रहरीले उनलाई पक्राउ गरेको थियो।

अमेरिकी जिल्ला अदालत सेन्ट्रल डिस्ट्रिक्ट क्यालिफोर्निया अमेरिकाका म्याजिस्ट्रेट न्यायाधीश ज्याकलिन चुल्जियनले सबै कागजातहरूको समीक्षा गरेर सपुर्दगीको अनुमति दिए। अब एनआईएले अमेरिकी सरकारकोसहयोगमा उनलाई भारत ल्याउनेछ।

मुम्बईको ताज होटेल लगायतका स्थानहरुमा भएको श्रृंखलावद्ध गोलीकाण्ड तथा बम आक्रमणमा ६ जना अमेरिकी नागरिक सहित एक सय ६६ जनाको ज्यान गएको थियो भने तीनसय भन्दा बढी घाइते भएका थिए ।

भारतीय सेना र लडाकुहरुबीच चार दिनसम्म भिषण लडाइँ चलेको थियो ।

Leave A Reply

Your email address will not be published.