Online News Portal

स्थागतका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब दिन बालेनको निर्देशन

475

अरुण  कुशवहा
असाढ१४  बारा
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निजी विद्यालयका शिक्षकले सरकारले तोकेबमोजिम तलब नपाए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
मेयर शाहले सामुदायिक विद्यालयको तलब स्केल सार्वजनिक गर्दै संस्थागत विद्यालयका शिक्षकले पनि त्यहीअनुसार तलब पाउनुपर्ने बताएका हुन् ।

मेयर शाहले फेसबुकमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकामा संस्थागत (निजी) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिएबमोजिम हुने उल्लेख गरिएको छ।’

सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई महानगरले सूचित गरेको हो ।

Leave A Reply

Your email address will not be published.