Online News Portal

बलुचिस्तानमा बम विष्फोटमा परी युनियन काउन्सिल प्रमुखसहित ७ जनाको मृत्यु

307

एजेन्सी । पाकिस्तानका बलुचिस्तानमा बम विस्फोट हुँदा युनियन काउन्सिलको प्रमुख सहित सात जनाको मृत्यु भएको एएनआईले जनाएको छ ।
बलुचिस्तानको पञ्जगुर जिल्लामा सोमबार राति एउटा गाडीलाई लक्षित गरी भएको बारुदी सुरंग विस्फोटमा एक युनियन काउन्सिल (यूसी) का अध्यक्ष सहित कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएको हो ।
“आतंककारीहरुले बालगाटार युसीका अध्यक्ष इश्तियाक याकूब तथा विवाह समारोहबाट फर्किरहेका अरूलाई बोकेको गाडीलाई लक्षित गर्न रिमोट कन्ट्रोलबाट विस्फोटक यन्त्र विस्फोट गराउदा उक्त घटना भएको,” डनले रिपोर्टलाई उद्धृत गर्दै एएनआईले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.